काठमाडौ । थप ९ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेको छ । पर्सा वीरगन्जका १० बर्षिय बालक, २३ र ४७ वर्षका महिला, उदयपुर त्रियुगा नगरपालिकाका २५ बर्षिय पुरुष, दाङ गढवा गाउँपालिका ४ र ५ र तुलसीपुर उपमहानगरपालिका ७ का २३, ३६ र ३४ बर्षिय पुरुष र काठमाडौं सतुंगलका ७ बर्षिय बालकमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, भेरी अस्पताल नेपालगन्ज, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको स्वास्थ्य तथाा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा.समिरकुमार अधिकारीले बताउनुभयो ।उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved