काठमाडौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षिय महिलालाई कोरोना भाइरस भएको पुष्टि भएको छ ।
पीसीआर र आरडीटी दुबैमा पोजिटिभ देखिएको छ । ९ दिन अघि काठमाडौं टिचिङमा सुत्केरी भएर सिन्धुपाल्चोक बाह्रबिसे घर गएकी थिइन् । अत्याधिक ज्वरो आएपछि उनलाई हिजो धुलिखेल अस्पताल ल्याइएको थियो ।
कोरोना आंशकामा महिलाको मृत्यु भएपछि धुलिखेल अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ ।
ती महिला सिन्धुपाल्चोक बाह्रबिसेको रहेको बताइएको छ । हिजो अस्पतला ल्याउने बित्तकै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved