चलेको छ हुरी आज, कति लाई उडाउछ

  • जेठ ३, २०७७
  • कालापानी मिडिया
alt

चलेको छ हुरी आज,
कति लाई उडाउछ ।
कोपिला कति झर्ने हुन,
कति फूल चुडाउछ ।।
 
बेमौसमी हुरी हो यो,
कोरोना जीव घातक ।
धर्मात्मा र धनी देखि,
छोड्दैन नीच पातक ।।
 
बिरक्ती भाव झल्किन्छ,
बासन्ती पनमा पनि ।
बिरही गीत पोख्दैछ,
कोयली बनमा पनि ।।
 
कान्ति र लालिमा छैन,
न्यास्रा मुहार छन् सबै ।
सान्त्वना मात्र मिल्दैछ,
माग्ने गुहार छन् सबै ।।
 
कबड्डी कुर्सी कै देख्छु,
यो महामारिमा पनि ।
छुट्टै हुरी चलेको छ,
बालुवाटारमा पनि ।।
 
कालापानी लिपुलेकमा,
चल्यो दक्षिणको हुरी ।
मुखमा राम बोलेर,
बोकी धोतीमुनी छुरी ।।
 
निरन्तर चलेकै छ,
भ्रष्ट आचरको हुरी ।
रोकिएला कहिले कुन्नी,
नेताजी को चुरी फुरी ।।
 
एकदिन अवस्य हट्नेछ,
तुवाँलो यो बिकृतिको ।
महामारी पनि हट्छ,
माया गरे प्रकृतिको ।।
 
गुमेको भूमि मिल्नेछ,
देश भक्त अघि सरे ।
राष्ट्रिय ध्वज बोकेर,
सिमामा पहरा गरे ।।
- अधिवक्ता जगतप्रकाश जोशी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved