सिन्धुपाल्चोककी महिलाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयद्धारा पुष्टि

  • जेठ ३, २०७७
  • कालापानी मिडिया
alt प्रतिकात्मक तस्वीर

काठमाडाैँ । बिहीबार राति धुलिखेल अस्पततालमा मृत्यु भएकी महिलाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति मार्फत २९ वर्षीय महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि गरेका हुन । धुलिखेल अस्पतालमा मृत्यु भएको कोरोना संक्रमित महिलाको अन्त्येष्टि ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि-२०७६’ अनुसार हुने भएको छ । धुलिखेल अस्पतालका अुनसार बिहीबार राति मृत्यु भएकी सिन्धुपाल्चको बाह्रबिसे नगरपालिका-९ घर भएकी राधिकाको कोभिड १९ शव व्यवस्थापन सम्बन्धी कार्यविधि अनुसार अन्तिम संस्कार गर्ने तयारी गरिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रबाट उपचारका लागि धुलिखेल अस्पताल ल्याउँदै गर्दा उनको बाटोमै मृत्यु भैसकेको थियो । उनको थ्रोड स्वाब लिएर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । उनी मृत्यु हुनेमा नेपालको पहिलो कोरोना संक्रमित भएकी छिन । ज्वरो देखिएर श्वास्प्रश्वासमा समस्या देखिएपछि ती महिलालाइ बिहबार राति धुलिखेल अस्पताल पुर्याइएको थियो । बाह्रबिसे नगरपालिका-९ घर भएकी २९ वर्षीया महिलाले ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन । वैशाख २३ गते शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाले २४ गते बच्चा जन्त्माएकी थिइन भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोक फर्किएकी थिइन । उनको धुलिखेल अस्पताल र केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला दुबैमा गरेको परीक्षण पोजेटिभ देखिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved