झापा : झापामा कोरोना संक्रमणको त्रासका बीच सीमामा हुने आवातजावत रोक्न खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ ।
झापाको कचनकवल गाउँपालिका १ घेराबारीमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा भारतीय नागरिकले आक्रमण गरेका हुन् ।
शनिबार राति करिब सय जनाको संख्यामा आएका भारतीयहरुले घेराबारीको झन्टुगाउँमा रहेको सशस्त्र प्रहरीको सुरक्षा पोष्टमा आक्रमण गरेका हुन् ।
साँझ करिब ७ः३० बजेको समयमा विहारको सुरिभिट्टातर्फबाट उक्त आक्रमण भएको वडा कार्यालयको भनाइ छ ।
‘गाईवस्तु चराउन नदिएको रिसमा उनीहरुले १२५ सीमा पिलरमा खटिएको सशस्त्र प्रहरीमाथि आक्रमण गरेको जनाइएको छ ।
भारतीयले आक्रमण गर्न थालेपछि नेपाल तर्फबाट सिंगो गाउँनै प्रतिकारमा उत्रिएको थियो भने भारतीय तर्फबाट आक्रमण नरोकिएपछि प्रहरीले हवाइ फायर समेत गर्नु परेको थियो ।
यसरी भारतीय पक्षले सिमा सुरक्षामा रहेका सुरक्षाकर्मी माथी गरेको आक्रमणप्रति प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले सामाजिक संजाल मार्फत घटनाको भत्सर्ना गरेका छन्। उनले आक्रमणकारी लाई धपाउन सफल सुरक्षाकर्मी र स्थानीयप्रती धन्यवाद व्यक्त गर्दै दोसिलाइ कारवाहीको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved