क्वारेन्टाइनमा राखिएका युवाको मृत्यु

  • जेठ ४, २०७७
  • कालापानी मिडिया
alt

भिम पाैडेल / बाँकेको नरैनापुरको क्वारेन्टाइनमा राखिएको एक ब्यक्तिको आज मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नैरानपुरस्थित दिपेन्द्र मावि भोजभगवानपुर क्वारेन्टिनमा राखिएका २५ बर्षिय युवकको आज विहान पौने ७ बजेतिर मृत्यु भएको हो ।
मृत्यु भएका ब्यक्तिको स्वाब हिजो नै संकलन भइसकेको श्रेष्ठले बताउनुभयो । उनी गत बैशाख ३० गते भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । उनलाई आज विहान ३ बजेतिर वान्तासँगै ज्वरो आएको थियो । उपचारका लागि उनलाई सदरमुकाम नेपालगन्ज ल्याउने तयारी भइरहेकै बेला मृत्यु भएको श्रेष्ठले जानकारी दिनुभयो । उनको कोरोनाबाटै मृत्यु भएको हो वा होइन स्वाब रिपोर्ट आएपछि मात्र थाहा हुने छ।
 
 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved