काठमाडौं । काठमाडौंमा दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएपछि महानगरीय प्रहरी वृत सिल गरिएको छ ।
गएराति पीसीआर विधिबाट जाँच गर्दा कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको थियोे । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार कालीमाटी वृत्तले गर्दै आएको काम कारवाही अन्य प्रहरी युनिटले गर्नेछन् ।
कालीमाटी वृत्तको नेतृत्व डीएसपीले गर्दै आएका छन् । वृत्तको क्षेत्रभित्रै ट्राफिक प्रभाग पनि रहेको छ । संक्रमित दुवै प्रहरीलाई सशस्त्र प्रहरीको कोरोना अस्पताल बलम्बुमा लगेर आइसोलेसनमा राखिएको छ । कालीमाटी वृत्तमा करिब ९० प्रहरी छन् । सबैको स्वास्थ्य जाँच गर्ने तयारी छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved