काठमाडौं । राप्रपाका लोकप्रिय नेता तथा सांसद राजेन्द्र लिङ्देनले नेपालको नयाा नक्सा सार्वजनीक हुनु देशभक्त नेपालीकालागि खुसीको क्षण भएको बताएका छन् ।
सांसद राजेन्द्र लिङ्देनले सामाजिक संजाल फेसबुक मार्फत नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समाविष्ट नेपालको नयाँ नक्सा प्रकाशित गरेर सार्वजनीक गरेकोमा खुसीको क्षण भएको बताएका हुन् । सांसद लिङ्देनलले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समाविष्ट नेपालको नयाँ नक्सा प्रकाशित गरेकोमा धन्यवाद समेत व्यक्त गरेका छन् ।
उनले भनेका छन् “देशभक्त नेपालीका लागि एउटा खुसीको क्षण….
लिम्पियाधुरा,लिपुलेक र कालापानी समाविष्ट नेपालको नयाँ नक्सा प्रकाशित गरेकोमा नेपाल सरकारलाई धन्यवाद छ । जटिलताहरू धेरै छन,यो अन्तिम होईन प्रारम्भ हो।नकारात्मक नबनौं !
पहिलो पाईलाबाटनै सम्पूर्ण यात्राको प्रारम्भ हुन्छ।
अबको यात्रा अतिक्रमित भूमि प्राप्ति……”
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved