झापा । प्रदेश १ मा ६६ जनालाई कोभिड-१९ पुष्टि भएको छ।
बुधबार थप ७ जनामा कोभिड—१९ पुष्टि भएको हो। प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा झापका ५, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको प्रयोगशालमा धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ पुष्टि भएको हो।
२६ जना कोभिड-१९ पुष्टि भएका संक्रमितहरु निको भएर घर फर्किसकेका छन्। प्रदेश १ मा कोरोना टेष्टको दायरा बढेसँगै संक्रमितको संख्या पनि दिनहुँ थपिन थालेको छ।
प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार बुधबारसम्म पिसिआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ। आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved