कञ्चनपुर ।
डिल्लीराज पन्त ।
भारतले नेपालको भूमिलाई समेटेर नक्सा बनाएपछि त्यसको विरोधमा कञ्चनपुरमा प्रदर्शन भएको छ । भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको नक्सामा दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमिलाई आफ्नो देशको नक्सामा समेटेर संस्थागत रुपमै नेपालको भूमि अतिक्रमण गरेको भन्दै सत्ताधारी युवा–विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन् । नेकपा कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरका युवा र विद्यार्थीले प्रदर्शन गर्दै अतिक्रमित भूमि फिर्ता गर्न माग गरेका छन् । उनीहरुले भारतीय विस्तारवाद मूर्दावाद भन्दै नाराबाजीसमेत गरेका थिए ।
प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटोसमेत दहन गरेका छन् । नेकपाका युवा र विद्यार्थीले आफ्नो पार्टी सरकारमा भएपनि राष्ट्र, राष्ट्रियता र मातृभूमीका लागि जस्तोसुकै संघर्ष गर्ने पनिपछि नपर्ने घोषणा गरेका छन् ।
सरकारले यथाशिघ्र कुटनीतिक पहल गरेर आफ्नो भूमि फिर्ता गराउन उनीहरुको माग छ ।
यता प्रदेश तिनको मकवानपुमा पनि बिद्यार्थीहरुले ईन्डिया हाम्रो माटो चोर, नेपाली भुमि तुरुन्त छोड भन्दै भारत बिरुद्ध बिरोध जुलुस निकालेका छन् ।
बिद्यार्थीहरुले पदिय लोभमा देशको सिमा मिचिदा पनि नबोल्ने दास प्रवृत्ति भएका नेतृत्वले गर्दा नेपाली भूमि मिचिनु परेको बताएका छन् । भारतले नेपाली माटो खाएको विरुद्धमा स्वस्फूर्त निस्केको बिरोध जुलुसले देशको माटो जोगाउन आब्हान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved