काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले बार्ताबाट समाधान खोज्नुपर्ने ठाउँमा सहमति बिपरित नेपालको भूमि अतिक्रमण गर्दै आएको बताएका छन् ।
सामाजीक संजालमा अध्यक्ष थापाले भारतले ६ दशकदेखि सहमती बिपरित सिमाको कृत्रिम विस्तार गर्दै आएको बताएका हुन् । सन्धि विपरित नेपाली भूमी अतिक्रमणगरी भारतले ६ दशकदेखि सिमाको कृत्रिम विस्तारु गर्दै आएको थापाको भनाइ छ ।
भारतले वार्ताबाट समधान गर्नुको साटो सहमति विपरित यसबिच अतिक्रमितक्षेत्रमा सैनिक ब्यारेक खडागर्ने, बाटो बनाउने र नयाँ नक्सा बनाउने काम एकपक्षीय रुपमा भारतले गरेको गरेको अध्यक्ष थापाको आरोप छ ।
अध्यक्ष थापाले नेपाल अझै वार्ताबाट समाधान खोज्न तयार रहेकाले कसैको दवावबाट नेपाल र नेपाली नझुक्ने भन्दै सहमतीमा आउन भारतलाई सुझाएका छन् ।
अध्यक्ष थापाले लेखेका छन्, सन्धि विपरित नेपाली भूमी अतिक्रमणगरी भारतले ६ दशकदेखि सिमाको ुकृत्रिम विस्तारु गर्दै आएको हो।वार्ताबाट समधान खोज्ने सहमति विपरित यसबिच अतिक्रमितक्षेत्रमा सैनिक ब्यारेक खडागर्ने,बाटो बनाउने र नयाँ नक्सा बनाउने काम एकपक्षीय रुपमा भारतले गरेको हो।नेपाल अझै वार्ताबाट समाधान खोज्न तयार छ,तर दवावबाट झुक्दैन
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved