प्रकाश विसी
डडेल्धुरा
पछिल्लो समयमा धेरै युवाहरु देशमा रोजगारी पाएन भनेर विदेश जाने गर्दछन् । विदेशमा पसिना बगाउन बाध्य भइरहेका हुन्छन् तर आफ्नो देशमा भने विदेशमा जस्तै गुर्नपर्ने दुख,मिहिनेत गर्न चाहिँरहेका छैनन् । तर केही यस्ता युवाहरु पनि हाम्रो देशमा छन् जो विदेशमा सिकेको सीप आफ्नै देशमा प्रयोग गरिरहेका छन् ।
वैदेशिक रोजगारमा गएका डडेल्धुराका ओमप्रकाश जोशी अहिले आफ्नै ठाउँमा कृषि पेसामा लागेका छन् । प्रशिक्षार्थी तालिमका लागि इजरायल गएका ओमप्रकाश ११ महिने कृषि तालिम सकेर स्वदेश फर्केर अहिले आफ्नै ठाउँमा विदेशमा सिकेको तालिमका आधारमा आधुनिक रुपमा कृषि गरिरहेका छन् ।
परशुराम नगरपालिका–४ कटाल घरभएका ओमप्रकाश एक बर्ष अगाडि सोही ठाउँको साना किसान सहकारी संस्थामार्फत ११ महिने कृषि प्राविधिक तालिममा सिफारिस भइ इजरायल गएका थिए । ११ महिना इजरायलको बसाई पश्चात स्वदेश फर्केका ओमप्रकाश हाल आएर आफुले सिकेको आधारमा आधुनिक कृषि प्रणालि तरकारी खेतीमा लागेका छन् । अहिले उनले टेढ बिघामा आलु लगाएका छन् कृषि खेती बाट परशुराम नगरपालिकालाई नमुना नगरपालिका बनाउने उनको लक्ष्य रहेको उनको भनाइ छ ।
आफ्ना छरछिमेकी र स्थानीय बासीन्दाहरुलाई समेत अहिले ओमप्रकाशले आधुनिक कृषि प्रणली गर्ने सिप सिकाइरहेका छन् । विगतमा परम्परागत कृषि खेती गर्ने यहाँका किसान अहिले ओमप्रकाशले आनुधिक प्रविधिबाट खेती गर्न सिकाएपछि उनी पनि आनुधिक तरकारी खेती तर्फ आकर्षित भएका छन् ।
फिल्ड प्रतिवेदनका आधारमा कृषकहरुलाई छनौट गरेर कृषि ज्ञानकेन्द्र डडेल्धुराले ५० प्रतिशत अनुदान लागानी गर्ने गरेको छ । जसमा ५० प्रतिशत लगानि किसानको र ५० प्रतिशत लगानी कृषि ज्ञान केन्द्रले गर्ने कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ ।
परिश्रम गरे आफ्नै देशमा ठूलो सफलता हासिल गर्न सकिन्छ ।त्यसैले विदेशमा गएर पसिना बगाउनुभन्दा आफ्नै देशको माटोमा व्यवसायिक तरकारी खेती गरेर राम्रो आम्दानी गरौँ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved