पर्यटकको आकर्षण केन्द्र वेदकोट ताल

लिंगामा पनि पर्यटकीय आकर्षण

  • कार्तिक २९, २०७६
  • कालापानी मिडिया
alt

चारैतिर हरियाली वनजंगल, कञ्चन पानी, पानीमा देखिने बादल, वनजंगल लगायतको सुन्दर छाँया, मनोरम दृश्यको तस्वीर खिचिरहेका आन्तरिक पर्यटकहरू । कञ्चनपुरको आकर्षक पर्यटकीय स्थल वदेकोटको विशेषता हो । चुरे पर्वतको फेदीमा रहेको उक्त तालको सौन्दर्य र महŒव शब्दको बयानले मात्र प्रकट गर्न सकिँदैन । यहाँ पुग्ने जो कोही पर्यटक यस्तै अनुभव गर्छन् ।

जिल्लाको धार्मिक क्षेत्र समेत रहेको वेदकोट ताल पछिल्लो समय पर्यटकको आकर्षण केन्द्र बनेको छ । यस क्षेत्रमा आउने आन्तरिक पर्यटकहरू बढ्दै गएका छन् । स्थानीय सरकारले भौतिक संरचना निर्माणका साथै प्रचारप्रसारमा प्राथमिकता दिएपछि तालको भ्रणम गर्ने पर्यटकको आगमन बढेको हो ।

अहिले दैनिक सयौं आन्तरिक पर्यटकले वेदकोट तालको अवलोकन गर्ने गरेको वेदकोट नगरपालिकाका प्रवक्ता नरेश सिंहले बताए । पूर्व–पश्चिम राजमार्गको दैजीबाट ११ किलोमिटर उत्तरमा पर्ने उक्त वेदकोट ताल भ्रमणका लागि कञ्चनपुर र कैलालीका अधिकांश पर्यटक यहाँ आउने गरेको उनको भनाइ छ । पर्यटकीय क्षेत्रसम्म पुग्ने सडकको स्तरोन्नति, पर्यटकीय क्षेत्रबारे जानकारी दिन सूचना केन्द्र, प्रवेशद्वार, पिकनिक स्पट निर्माण र दृश्यावलोकनका लागि भ्यू टावरको निर्माण गरिएपछि वेदकोट पर्यटक आकर्षक गन्तव्य बनेको हो ।

ताल क्षेत्रको पुरातात्त्विक तथा धार्मिक सम्पदाको संरक्षण र विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम अघि बढाएको प्रवक्ता सिंहले बताए । उनका अनुसार नगरपालिकाले यहाँ पर्यटकीय क्षेत्रको प्रचार प्रसार, विकास र प्रवद्र्धनमा जोड दिएको छ । ‘सबै पर्यटकीय स्थलमा भौतिक पूर्वाधार निर्माणमा प्राथमिकता दिएका छौं,’ उनले भने, ‘सोही अन्तर्गत वेदकोट तालमा मन्दिर, धर्मशाला, भ्यू टावर लगायत संचरना तयार पारिएको छ ।’

नगरपालिकाले तालको करीब ३ किलोमिटर तल्लो क्षेत्रमा ‘पिकनिक स्पट’ घोषणा गरेको छ । चोरपानीमा पिकनिक स्पटका लागि नगरपालिकाले संरचना समेत बनाएको छ । अहिले यहाँ कैलाली र कञ्चनपुरबाट विभिन्न विद्यालय तथा संघसंस्थाबाट पिकनिकका लागि आउने तथा घुम्नेको संख्या बढेको छ ।

लिंगामा पनि पर्यटकीय आकर्षण
वेदकोट नगरपालिकाको लिंगेश्वर धाम ९लिंगा० पनि पर्यटकको रोजाइमा पर्न थालेको छ । पछिल्लो समय उक्त धाम जिल्लाकै पर्यटकीय गन्तव्य समेत बनेको छ । लिंगामा दैनिक सयौं पर्यटक घुम्न आउने गरेको स्थानीयले बताएका छन् । चुरेक्षेत्रमा माटोको ढिस्कोबाट बनेको पहाडको आकर्षक आकृतिले यहाँ पुग्ने सबैको मन छुने गर्छ । उक्त क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा जोड दिइएको नगरपालिकाले बताएको छ ।

लिंगेश्वर धामको विकासका लागि नगरपालिकाको योजनाबद्ध रूपमा काम गरिरहेको नगर प्रमुख अशोक कुमार चन्दले बताए । यस्तै शहरी विकास मन्त्रालयको सहयोगमा १७ करोडमा लिंगा र १९ करोडमा वेदकोट तालको संरक्षण तथा विकासका लागि विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० र गुरुयोजना तयार पारिएको उनले जानकारी दिए । ‘लिंगा र वेदकोटलाई एउटै धार्मिक तथा पर्यटकीय स्थलका रूपमा जोडेर विकास गर्ने योजना छ,’ उनले भने । यस्तै लिंगा र वेदकोट जोड्नेगरी सडकका साथै अतिथि गृह, पार्किङ स्थल, स्वीमिङ पुल लगायत भौतिक संरचना बनाइने उनले बताए ।

आर्थिक अभियान बाट साभार

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

आजको मौसम : उच्च पहा ...

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौस ...

आज किराँत फाल्गुनन्द ...

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved