नेपाल आमा, पशुपतिनाथ बाबा र रोटि बेटिको सम्बन्ध भन्ने भावनाबाट प्रधानमन्त्री मोदी किन्चित पनि पछि हट्ने छैनन्

  • जेठ १०, २०७७
  • कालापानी मिडिया
alt

नेपाल र भारत बिचको सम्बन्ध पौराणिक कालदेखी अन्योन्यास्रीत रुपमा चलेको सौहाद्रपुर्ण सामाजिक, धार्मिक, सास्कृतिक तथा भावनात्मक सम्बन्ध हो । यसलाइ ब्यापारिक सम्बन्धको सतही नजर बाट हेरिनु किन्चित पनि उपयुक्त हुदैन र यसलाइ धार्मिक तथा आध्यात्मिक पृष्ठभुमि रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा उहाँको सरकारले पनि राम्रो सङ्ग बुझेको छ ।

त्यसर्थ बिश्वको दोश्रो ठूलो अर्थतन्त्र रहेको देशका साधुचरीत्र प्रधानमन्त्री मोदीको कार्यकालमा कुटनैतिक पहलबाट लामो समय देखि विवादित रहेको नेपाली भूमि कालापानी , लिम्पियाधुरा र लिपुलेक ससम्मान नेपाललाई फिर्ता गर्ने र त्यहाँ रहेको भारतीय सेनालाई फिर्ता लगेर सो ठाउँमा नेपाली सेनाको टुकडी राख्न मिल्ने गरि त्यहाँ रहेको भौतिक संरचना समेत नेपाललाइ हस्तान्तरण गर्ने ऐतिहासिक काम सम्पन्न हुन सकेमा अन्तर्राष्ट्रिय जगतले पनि मोदीको साधु चरित्रलाई मुक्तकण्ठले प्रसंशा गर्ने छ।

बिश्व मानचित्रमा नेपाल एउटा सानो भुगोल ओगटेको तर कहिले पनि कुनै बिदेशी उपनिवेसिक शक्तिको पराधीन नभएको स्वतन्त्र , सार्वभौम , प्राचिन मौलिक सस्कृतीको धनी देश हो । नेपालको आन्तरिक राजनीति विभिन्न कालखण्डमा अनेक उतारचढाव झेल्दै आएता पनि, यस्को अन्तर्राष्ट्रिय सम्बन्ध कुनै पनि छिमेकी तथा मित्र राष्ट्र सङ्ग कटुतापुर्ण रहेको इतिहास छैन । हरेक राष्ट्रको सार्वभौम सत्ताको सम्मान गर्नु र कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु नेपालको असङ्लग्न परराष्ट नीति को विशेषता नै हो ।

भौगोलिक क्षेत्रफल सङ्ग सार्वभौम सत्तालाई कहिले पनि तुलना गर्न सकिदैन । विश्वमा ठुला ठुला युद्ध हुँदा पनि नेपाल कहिले पराधिन भएन । छिमेकी राष्ट्र भारत बृटिस उपनिबेसको अधीन भै त्यहा ब्रीटिस इस्ट इन्डियाले शासन गरि रहदा दक्षिण एशियाको नेपाल मात्र एउटा स्वाधीन राष्ट्र थियो । सो समयमा नेपालको सिमाना काकडा र तिस्टा बिचको बिशाल क्षेत्रमा फैलिएको थियो । तर कालान्तरमा इस्ट ईन्डिया कम्पनीले नेपालको बिबिधता युक्त सम्पदामा अँखा काड्दै नेपाल सङ्ग युद्ध गर्न थालेपछी नेपालले केही भूभाग गुमाउनु पर्यो तर बलभद्र कुवर , भक्ति थापा, अमर सिङ थापा, कालू पाण्डे जस्ता तत्कालीन वीर योद्धाहरुको अगाडि आखिर बृटिसहरुले घुडा टेक्यो र सुगौली सन्धि भयो ।

उक्त सन्धिले पस्चिममा नेपाल र भारतको सिमा काली नदिलाइ मानेको छ । काली नदीलाई कालान्तरमा महाकाली भनिन थालियो । महाकाली नदिको मुहान लिम्पियाधुरा लिपुलेक क्षेत्रमा रहेको देखिन्छ । किनभने नदिको सबभन्दा बढि लम्बाइ भएको र पानीको मात्रा बढी भएको उद्गम स्थल लाई नै नदिको मुहान मान्नु पर्ने कुरा अन्तरास्ट्रिय नदी तथा सिमाना सम्बन्धि कानुनले प्रष्ट पारेको विषय हो । यसरी नै दुई देशको सिमा एकिन गर्ने अन्तर्राष्ट्रिय प्रचलन समेत रहेको छ ।

यस अघि मेची सिमाना सम्बन्धमा पनि मेची नदिको भारत सङ्गको सिमाना यही सिद्धान्तको आधारमा एकिन भएको ज्वलन्त उदाहरण पनि हामी माझ जिवित नै छ । यी कुराहरू लाई मित्र राष्ट्र भारतले भुल्ने वा मेट्ने प्रयास गर्नु नेपालका लागि किन्चित पनि स्विकार्य हुन सक्दैन ।
त्यसैगरी जब सन १९४७ मा भारत स्वतन्त्र भयो , त्यही समय देखि नेपाली गोर्खा जवानहरु रहेको बेलायतको सबभन्दा विस्वासीलो र बलवान् सेनाको एक टुकडी पनि भारत कै जिम्मा रहने सहमति भएको थियो । जुन अहिले गोर्खा रेजिमेन्टको नामले भारत को अग्रणी सेनाको रुपमा प्रख्यात छ ।

"गोर्खा रेजिमेन्टमा हाल जम्मा ७ वटा रेजिमेन्ट तथा ३९ वटा बटालियन संचालित छन् । जस्मा लाखौंको सङ्ख्यामा नेपाली नागरिकहरु कार्यरत छन् र भारतको सबैभन्दा शक्तिशाली सेनाको रूपमा अग्रमोर्चामा काम गरि रहेका छन् । गोर्खा रेजिमेन्टको सेनाले भारतको नुन खाए पनि हरेक गोर्खा जवानको धमनीमा पवित्र नेपाल आमाको रगत बगेको छ । उनीहरूको पसिना अवस्य पनि बर्षौ देखि भारतको रक्षाका लागि निरन्तर बगेको छ तर उनीहरुको रगत पवित्र जन्मभूमि प्रतिको दायित्व सङ्ग कहिले पनि भारतले किन्न वा साट्न सक्दैन । कुनैपनि सन्तानले आफ्नो आमाको चीरहरण भएको देख्न सक्दैन भन्ने कुरामा भारत राम्रो सङ्ग जानकार छ ।"

त्यसैगरी भारतको ठूलो भूमिमा नेपाली मुलका मानिसहरूको बसोबास छ । उनीहरु अहिले पनि नेपाललाई आफ्नो मातृभूमि मान्दै आएका छन् । नेपाली भाषा भारतको सिक्किम प्रदेशको प्रादेशिक भाषा नै रहेको छ । पश्चिम तर्फ कुमाउ गडवाल, नैनिताल, देहरादून लगायतका क्षेत्रहरुमा नेपाली समुदायको ठूलो बसोबास रहेको अवस्था छ । तथापि भारतीयहरु पनि नेपालका विभिन्न शहरहरुमा बसोबास गर्दै आएको अवस्थालाई पनि नकार्न सकिँदैन ।

भारत र चीन प्रती नेपालले आफ्ना समान छिमेकीको हैसियतले समान मित्रवत ब्यवहार गर्छ । तर आपसी सम्बन्धको इतिहास हेर्ने हो भने भारत सङ्ग नेपालको अनन्य र अन्योन्यास्रीत सम्बन्ध रहेको देखिन्छ । पौराणिक कालका नेपाल मिथिला क्षेत्रका राजा जनककि पुत्री सीता सङ्ग भारत अयोध्याका राजा दशरथका पुत्र राम सङ्ग बिवाह भएको समय देखि नेपाल र भारत बिच ूबेटि रोटिको सम्बन्धू रहेको भन्ने भनाइ रहेको छ । अहिले पनि हरेक बर्ष अयोध्या बाट सीता बिवाहको लागि धार्मिक जन्ती यात्रा नेपालको जनकपुर धाम स्थित जानकी मन्दिर सम्म आउने गरेको छ ।

हिन्दुधर्मावलम्बीहरुको आस्थाका पवित्र चार धाम मध्ये ३ वटा भारतमा रहेका छन् भने एउटा महत्त्वपूर्ण धाम श्री पशुपतिनाथ नेपालमा रहेको छ । त्यसैले भारत र नेपालको सम्बन्ध केवल ब्यापार र ब्यवसायमा मात्र सिमित छैन यी दुई देश बिच धार्मिक, सामाजिक, भाषिक, सास्कृतिक तथा भावनात्मक सम्बन्ध समेत रहेको कुरामा दुई मत हुन सक्दैन ।

त्यसर्थ पछिल्लो समयमा नेपालको दर्चुला जिल्लामा पर्ने कालापानी, लिपुलेक तथा लिम्पिया धुराको भूभाग मा भारतीय पक्षले सडक निर्माण गरेर तिब्बत सङ्गको ब्यापारिक मार्गको रुपमा प्रयोग गर्न खोजेको र कालापानीमा भारतीय सेनाको टुकडी राखेको विषयले दुई देशको सम्बन्धमा अप्रत्यक्ष रुपले देखिएको कटुता लाई कुटनैतिक पहल गरेर छलफल तथा बार्ताको माध्यमबाट समाधान गर्नु नै अहिलेको आवस्यकता हो । बिश्वभरी कोरोना भाइरसको महामारी फैलिएको र भारत तथा नेपाल पनि यसबाट आक्रान्त रहेको यस दयनीय घडीमा भारतबाट समेत यस सम्बन्धमा सकारात्मक पहल हुनु जरुरी छ ।

पछिल्लो पटक नेपाल भ्रमणमा आउँदा नेपाली जनताको तर्फबाट ठूलो सम्मान र माया पाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो भाषणमा व्यक्त गर्नु भएको नेपाल आमा, पशुपतिनाथ बाबा र रोटि बेटिको सम्बन्ध भन्ने वाक्यांशको भावनाबाट प्रधानमन्त्री मोदी किन्चित पनि पछि हट्ने छैनन् र त्यो सम्मान चीर पर्यन्त प्राप्त गर्न सफल हुनेछन् भन्ने कुरा प्रती नेपाली जनता विश्वस्त छन ।

अत: पछिल्लो समयमा बिकसित सिमा बिवादको सन्दर्भ लाई कुटनैतिक पहलको माध्यम बाट यथाशीघ्र समयमै समाधान गर्नु नितान्त आवस्यक छ । अन्यथा, प्रस्तुत विषय दुवै देशका लागि प्रत्युत्पादक हुनसक्ने खतरा प्रती पनि सम्बद्ध पक्षको समय मै ध्यानाकर्षण हुनु अत्यावश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved