विजय बराल, झापा । कोरोना सक्रमित थपिदा रेडजोनमा परेको झापा जिल्लाको कचनकवलमा हाल सम्म ३७ जना कोरोनाका विरामीहरु छन् । उनिहरुको स्वास्थ्य सुरक्षामा स्थानीय तह संगै स्थानिय समाजसेवीले मद्दत गरेपछि ब्यवस्थापन गर्न सहज भएको छ ।
यतिवेला क्वारेन्टाइन व्यवस्थित भएन । क्वारेन्टाइनमा बसेकाहरुको स्वास्थ्यप्रति चासो देखिएन भन्ने व्यापक गुनासाहरु आइरहेका बेला झापाको कचनकवलका क्वारेन्टाइनलाई व्यवस्थित गरेर राखिएको छ । स्थानीय समाजसेकीको सहकार्यमा क्वारेन्टाइनमा बसेकाहरुलाई खानपानको राम्रो व्यवस्था गरिएको बिर्तामोड जेसीस अध्यक्ष तथा समाजसेवी मिराज पोखरेलले वताए ।
भारतबाट झापाको कचनकवलमा लुकीछुपी आउने नेपालीहरुलाई सिमा सुरक्षामा खटिएका प्रहरीले पक्राउ गरि क्वारेन्टाईनमा राख्दै आएका छन् । सुरुमा क्वारेन्टाइको अवस्था राम्रो नभएपनि अहिले भने व्यवस्थित हुदै गएको छ । विपन्न वर्गलाई खाना खुवाउने अभियान चलाएको सस्थाहरुले यतिवेला क्वारेन्टाईनको वस्तु स्थिति अवलोकन गर्दै आवस्यक सामाग्री बाड्न थालेका छन् । उनीहरुले सिमानामा रहेका प्रहरीको लागी पनि करिव १० लाखमा ७ वटा पोष्ट खडा गरिदिने वताएका छन । रेनकोट लगाएर स्वास्थ्य सेवा दिई राखेका स्वास्थ्यकर्मी हरुलाई अव मास्क पिपिई सेट पनि उपलब्ध गराउदै लाने समाजसेवी तथा उपभोक्ता मञ्च झापाका गोपाल सुब्बाले बताए ।
झापा जिल्लमा तेश्रो मुलुकबाट आउनेहरु हनि स्थानीयको सचेतनाका कारण समुदायमा कोरोना अन्यत्र फैलन नपाएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाको भनाइ छ ।
सिमानाबाट हजारौ संख्यामा नेपाली नागरिक नेपाल भित्रिसकेको अवस्था छ । यो बेला क्वारेन्टटाईन ब्यवस्थित गर्न स्थानीय तह संग मिलेर समाजसेवीले गरेको यो कार्य सराहनीय छ । झापाको कचनकवलका क्वारेन्टाइनमा गरिएको यो कार्यलाई अन्य स्थानीय तहले पनि लागु गर्दा क्वारेन्टाइनमा दुख पाएर भाग्नेको संख्यामा कमि आउने थियोकी ?
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved