आफ्ना नागरिकमाथी लाठि बर्साउनु निन्दनीय कार्य -राजेन्द्र लिङदेन

सांसद लिङदेनको कर्णालीका युवाहरुले गरे प्रसंशा

  • जेठ १३, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । प्रतिनिधिसभा सांसद राजेन्द्र लिङ्देनले महिनौ लगाएर आफ्नो भूमिमा आएका नेपालीहरुमाथी लाठी बर्साउनु निन्दनिय कार्य भएको बताएका छन् । महिनौ लगाएर सोमबार भारतबाट सुर्खेत पुगेका कालिकोटका युवाहरुमाथी प्रहरीले लाठि बर्साउनु निन्दनिय कार्य भएको भन्दै सांसद लिङ्देनले सामाजीक संजालमा दुख व्यक्त गरेका हुन् ।

उनले लेखेका छन, "महिनौं लामो लकडाउन,देश बाहिर र भित्रका अनेक विपत्ती र अप्ठ्याराहरुलाई छिचोल्दै आफ्नो आंगनमा पुगेका कालिकोटका युवाहरु माथिको लाठी प्रहार अत्यन्तै दुःखदायी कुरा हो । यो अप्ठ्यारो समयमा धैर्य र संयमताले काम गरौं ।,"

r 1

सांसद लिङदेनको कर्णालीका युवाहरुले गरे प्रसंशा

करिब २ महिना अगाडी भारतबाट आएका कालीकोटका यि युवाहरुलाई सांसद लिङ्देनले झापाको पानी ट्याङ्कीमा खाना र बस्ने व्यवस्था गरेका थिए । लिङदेनले उनिहरुलाई नेपाल ल्याएर झापाकै क्वारेन्टाइनमा राख्न खोजेपनि लकडाउनका कारण उनिहरुलाई भारततिर नै व्यवस्थित गरेर खानपानको राम्रो व्यवस्था गरिदिएको ति युवाहरुको भनाइ छ ।

उनीहरुले आफ्नै प्रदेशमा राम्रो व्यवहार नभएको भन्दै पूर्वमा सांसद लिङदेन आफूहरुमाथि गुण लगाएको भन्दै प्रशंसा समेत गरेका छन् । ती युवाले मुख्यमन्त्री आफ्नै मुख्यमन्त्री महेन्द्र शाहीको आलोचना गरेका छन्। आफ्नै प्रदेशमा प्रहरीले लाठी हानेको देखाउँदै ती युवा आफ्नै प्रदेश सरकारविरुद्ध खनिएका छन्।

उनीहरुले भनिरहेका छन् ‘जन्मभूमिको अनुभूति गर्न पाएनौं। हामी आउँदा पूर्वमा राजेन्द्र लिङ्देनले झापामा र सिमापारि भारतमै समेत दुई महिनाका लागि खाने बस्ने सहयोग पुर्‍याए तर आफ्नै ठाउँमा हामीलाई यस्तो उपेक्षा ! लाठी खुवाउने भए किन बोलाएको हामीलाई ?’

ति युवाहरु सांसद लिङदेनको मुक्त कण्ठले प्रसंशा गरिरहेका छन् भने कर्णली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीको बिरोध गरिरहेका छन् ।

अझ, मुख्यमन्त्री शाहीलाई मामा बताउने एक युवाले त मुख्यमन्त्री शाहीलाई कडा चेतावनी समेत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved