कृत विष्ट, कैलाली । कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको मृत्यु भएको छ ।
जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । मंगलबार भारतको महाराष्ट्रबाट आएका उनी सोही दिन साँझ सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
ती पुरुष भारतबाट आएको र स्वास्थ्यमा पनि समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको अस्पतालले जनाएको छ । मृतकको ¥यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । उनमा कोरोना थियो कि थिएन भनेर पत्ता लगाउन पीसीआर परीक्षणको लागि स्वाब संकलनसमेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved