आरोहण शाह, पर्सा । भारतको रक्सौलमा अलपत्र परेका नेपालीलाई नेपाल भित्र्याउन सुरु गरिएको छ ।
बुधबार बिहान ८ बजेदेखि वीरगञ्ज रक्सौल नाकाबाट नेपाल भित्र्याउन सुरु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिए । पर्साका नागरिकलाई जिल्लाकै क्वारेन्टाईनमा राखिने छ भने अन्य जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लाले लैजाने व्यवस्था गरिएको पनि उनले बताए ।
२५ जिल्लाका ३५० बढी नागरिकहरू वीरगन्ज रक्सौल नाका भएर नेपाल भित्रिदै छन् । दाङ, रुकुम लगायत जिल्लाबाट गाडी नै बीरगञ्ज पुगिसकेको बस्नेतले बताए । केही दिन अघि सोही नाकाबाट भारतीय नागरिकहरुलाई पठाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved