काठमाडौं । राप्रपा सांसद राजेन्द्र लिङदेनले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटको कार्यान्यवयनमा शंका व्यक्त गरेका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै सांसद लिङ्देनले सरकारले बजेटमा समेटेका केही विषय सकरात्मक भएपनि सञ्चालनको अत्यन्त कमजोर रहेको बताए ।
‘कार्यक्रम राम्रो नराम्रो भन्दा पनि त्यसको कार्यान्वयनको जग कति मजबूद छ भन्ने महत्वपूर्ण कुरा हो । किनकी बजेटको विभाजनको प्रतिशत पनि परम्परागत छ । पुँजीगत खर्च भन्दा चालू खर्चचैं बेसी ६४ प्रतिशत छ । घटाउन सकिएको छैन । त्यसैले बजेटका केही सकारात्मक पक्ष भएपनि मूल रुपमा कार्यान्वयनको जग अत्यन्त कमजोर छ,’ सांसद लिङ्देनले भने ।
बजेट अनुदान, अनुमान र विदेशी ऋणमा आधारित देखिएको भन्दै उनले यसको कार्यान्वयनमा शंका गर्ने प्रशस्त ठाउँहरु रहेको बताए ।
‘बजेटको आकार घटे भने श्रोत महत्वपूर्ण हो । त्यसैले यसपटकको बजेटको कार्यान्वयनका लागि श्रोत जुटाउन निकै चुनौतिपूर्ण हुने देखिएको छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved