काठमाडौं । रातभर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड अस्पतालको गेटमा बस्न बाध्य झापाका २७ जना कोरोना संक्रमितहरुलाई बल्ल अस्पतालले प्रवेस दिएको छ ।
शुक्रबार अस्पतालमा ठाउँ अभाव भएको भन्दै संक्रमितहरु लिन नमानेको अस्पतालले प्रदेश १ सरकारको स्वास्थ्य मन्त्रालय, झापाका स्थानीय जनप्रतिनिधिको बारम्वारको आग्रहपछि अस्पताल प्रवेश गराएको झापाको हल्दिबारी गाउाँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले जानकारी दिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार अपरान्ह उनीहरुमा कोरोना संक्रमण भएको पुष्टि गरेलगत्तै उनीहरुलाई कचनकवल गाउँपालिका–४ स्थित क्वारेन्टाइनबाट साँझ ६ बजेतिर बसमार्फत धरान लगिएको थियो ।
तर, धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभरि गेटबाहिरै भएका थिए। संक्रमितहरुले रातभरी गाडीमा बसको, पानी सम्म समेत खान नपाएको भन्दै आफुहरुलाई गरिएको व्यवहार अन्य संक्रमितसंग नहोस भन्दै अस्पतालसंग आग्रह गरे । अहिले प्रदेश एकका सामाजीक विकास मन्त्री जिवन घिमिरे पनि अस्पतालको अवस्था बुझ्न धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved