काठमाडौं । सरकारले सातौपल्ट लकडाउनको अवधि थपेको छ । शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ महिनाभरि कायम राख्ने निर्णय गरेको छ । चैत ११ गतेबाट देशव्यापी रूपमा सुरु भएको लकडाउनको पछिल्लो पटक कायम गरेको अवधि जेठ २० गते मङ्गलबार सकिँदै थियो ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले हवाइ उडान र सीमान नाका असार १६ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ । यद्यपि भारतबाट स्थलमार्ग भएर स्वदेश फर्कन चाहने नागरिकलाई भने झापादेखि कञ्चनपुरसम्म २० वटा नाका तय गरेको छ । सरकारले तोकेको नाका बाहेक अन्यत्रबाट आवागमन हुन नदिने जानकारी स्रोतले दिएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved