काठमाडौं । शनिबार राति काठमाडौंमा भुकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार धादिङको कल्लेरी र कुमपुरको सीमा आसपास केन्द्र बिन्दु भई ४.८ म्याग्निच्यूटको भुकम्प गएको हो । भुकम्पको कारण राजधानी काठमाडौंमा अधिकांशले भुकम्पको धक्का महसुस गरेका छन् ।
भुकम्पको धक्कासँगै सामाजिक सञ्जालमा भुकम्पको धक्का महसुस गरेको अनुभूति सहितको स्टाटस पोष्ट भएको छ । भुकम्प प्राकृतिक विपत्तिको स्रोत हो । बीमा क्षेत्रमा भुकम्पलाई महत्वपूर्ण जोखिमको रुपमा हेरिने गरिएको छ । यद्यपि शनिबार गएको भुकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भएको समाचार प्राप्त भएको छैन ।