दैलेख । कोरोना भाइरस (कोभिड-१९) का कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ ।
दैलेख जिल्लाको दुल्लु नगरपालिका-७ मा निर्माण गरिएको क्वारेन्टाइनमा मृत्यु भएका सोहि नगरपालिका-११ का ३५ वर्षीय युवकको कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको छ । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा.लक्ष्मी नारायण तिवारीले क्वारेन्टाइनमा मृत्यु भएका युवकको कोरोना भाइरस परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको पुष्टि गरे ।
भारतबाट फर्किएका उनी क्वारेन्टिनमा बसेको १० दिन भएको थियो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । यसअघि सिन्धुपाल्चोक, गुल्मी, अर्घाखाँची, ललितपुर, बारा र बाँकेमा पनि १-१ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved