हिमाल,पहाड, तराई कोहि छैन पराइ - सन्तोष राजावादी

मन्त्री सांसद कोटाबाट हुने अनि दलित र जनजाती भन्दा रिसाउने मुद्दा हाल्ने यो त भएन नि

  • जेठ १९, २०७७
  • कालापानी मिडिया
alt

फलामलाई कुटि-कुटि औजार बनाउने कामी रे त्यही फलाम पसल राख्ने बाहुन क्षेत्री अन्य,लुगा सिलाउने दमाई रे, त्यही लुगा पसल राख्ने चाहिँ बाहुन क्षेत्री अन्य,सारङ्गी बजाउने च्यामे पोडे रे, सारङ्गी गितार पसल राख्ने चाहिँ ब्राम्हण क्षेत्री अन्य,जुत्ता सिलाउने सार्की त्यही जुत्ता पसल राख्ने चाहिँ ब्राम्हण क्षेत्री अन्य,बिबाह गर्दा दमैलाई नौमति बाजा बजाएर अघि नलागाइ ब्राम्हण क्षेत्रीकोे बिहे रमाइलो नहुने रे !

अर्को कुरा हामी आफ्नो देशको छोरा मान्छेले छोरी मान्छे संग संगै र छोरी मान्छेले छोरा मान्छे संग संगै एक अर्का हिड्दा अनेक संका उप-संका गर्ने जातभात छुवाछुत हेर्ने तर बिदेशी जात न भातको त कुरै छोडौ रितिरिवाज, चालचल, संस्कृति,भेषभुषा,भाषा,संस्कार केही नमिल्ने संग नेपाली छोरा मान्छेले बिदेशी छोरी मान्छे र नेपाली छोरी मान्छेले बिदेशी छोरा मान्छे संग दिन हप्ता महिना होइन बर्षौ बिहे नगरी संगै बस्दा त्यो पनि आफ्नै घरमा केही नहुने न घर परिवारले खोजिनीति गर्छ न त समाजले नै कुन जातको हो भनेर त्यसैले मैले बुझेको यहाँको समाजमा जातभात छुवाछूतमा केही भेदभाब गर्दैन भेदभाव गर्छ त केबल धनी र गरिबको ।

नेपालको संविधानले नै दमाई कामी सार्की च्यामे पोडे आदिहरुलाइ दलित बनाइदिएको छ । त्यस्तै जनजातीलाई मङ्गोलियन रे, त्यति मात्र होइन तराइको जनतालाई मधेशी बनाएको छन । जात-जातिको आधारमा कोटा छुट्याउनु बेकार छ । योग्यता क्षमता धनी गरिबको आधारमा छुट्याउनु पर्दछ । मन्त्री सांसद दलित जनजाती कोटाबाट हुने अनि दलित लाई दलित र जनजातीलाई जनजाती भन्दा रिसाउने मुद्दा हाल्ने यो त भएन नि ! “गालापाराहरु जहाँ पनि अघि पुग्छन भनेको यहि हो“ देशमा धार्मिक र जातिय द्वन्द गराउन पूर्ब माओवादी पार्टीका केहि शिर्ष नेता लगायत अन्य पार्टीका शिर्ष नेताहरु बिगत लामो समय देखि लागेका थिए धार्मिक द्वन्द त यिनिहरुले हिन्दु धर्म कौडिको मुल्यमा बेचेर खाए आज आएर जनताले बुझ्दैछन ।

त्यस्तै देशमा जातिय द्वन्द गराउनको लागि केहि बिदेशि दलाल भ्रष्टहरुले सोझा९साझा दिन दुखी असाय बिपन्न बर्गका जनताहरुलाई अनेक लोभ९लालच प्रलोभन देखाइ विशेष गरि त जात जातिको आधारमा राज्य दिन्छौ भने उचाली जातिय द्वन्दको शृजना गरेका हुन।
पूर्ब एमाले पूर्ब माओवादी काङ्ग्रेस यी सब भारतमा जन्मेर दिल्लिमा हुर्के पढे बढे शिक्षा लिए अनि यिनिहरुले मालिकको आफ्नो देशको हकहितको बारेमा नसोची नेपाल अनि नेपालिको बारेमा सोच्छन त ?

त्यसैले बेलैमा सचेत बनी आ-आफ्नो धर्म जातलाई अगाँली हिमाल,पहाड र तराई कोहि छैन पराइ भन्दै एकजुट हुँदै यी बिदेशिको दलाल भ्रष्टहरुलाई लखेट्नु पर्छ तब मात्र देशमा शान्ती हुन्छ देशको समृद्धि हुन्छ देश बिकाश हुन्छ स्वरोजगारको ढोका खुल्छ।

हिमालमा चिसो बढे हिउँ परे तराइले साथ दिनुपर्छ । तराइमा बाढि आए पहाडले छेक्नुपर्छ । पहाडमा पहिरो आए तराइले साथ दिनुपर्छ । हिमाल,पहाड तराइ कोहि छैन पराइ “देशबासीहरु आपसमा जुटे देश आफै बन्छ“।
सन्तोष राजावादी, सामाजिक अभियन्ता-वीर गोर्खाली

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved