लकडाउन खुकुलो बनाइँदै, निजी सवारी चल्न दिइने

विद्यालय तथा शैक्षिक संस्थाले अनलाइन या दुरशिक्षा प्रणालीबाट पठनपाठन गराउने

  • जेठ १९, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । ३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि मोडालिटी बनाइँदैछ जसमा अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ ।
विश्वस्त स्रोतका अनुसार अब निजी सवारी साधन चल्न दिइनेछ । त्यसका लागि निश्चित समय तोकेर निश्चित व्यक्ति मात्र कामको सिलसिलामा आवतजावत गर्न पाउनेछन् । दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको हो । यो मोडालिटी २० जेठबाट गर्ने कि १ असारबाट गर्ने टुंगो भने लगाइएको छैन । तर, आवतजावत कोरोना भाइरसको संक्रमण कम फैलिएका र जोखिम कम भएका क्षेत्रलाई मात्र गर्न दिइनेछ ।

मोडालिटी अनुसार विभिन्न क्षेत्र तोकेर कोरोना भाइरसको कम या बढी जोखिम टुंगो लगाइनेछ । हिमाल, पहाड र तराईका जिल्लाहरुको कोरोना संक्रमण जोखिमको अवस्था हेरी लकडाउनमा आवतजावत गर्न दिने भएपनि कामबाहेक अनावश्यक पाइने छैन ।

भारतसँगको सिमामा भने कडाई गरिनेछ । २० वटा नाकाबाट मात्र आवतजावत गर्न पाइनेछ । तर, भारतबाट प्रवेश गरेपछि १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ । सिमानाकामा सेना परिचालन गरिनेछ । सेनाले नाकामा कोरोना रोकथामका लागि सहयोगी भुमिका निभाएर क्वारेन्टाइनको पनि व्यवस्थापन गर्नेछ ।

१६ असारसम्म हवाई सेवा बन्द नै रहनेछ । विस्तारै आन्तरिक हवाई सेवा सञ्चालनमा ल्याइनेछ । १ असारबाट शैक्षिक संघसंस्थाको पठनपाठन सुचारु हुनेछन् । विद्यालय तथा शैक्षिक संस्थाले अनलाइन या दुरशिक्षा प्रणालीबाट पठनपाठन गराउनेछन् । खुल्ने भने छैनन् । शिक्षा मन्त्रालयले दुरशिक्षा या अनलाइन शिक्षाको निर्देशिका बनाइसकिएकाले पठनपाठन गराउन आव्हान गरिसकेको छ ।

नयाँ मोडालिटी अनुसार सिनेमा हल, सपिङ मल, रेष्टुरेन्ट बारहरु भने जेठभर नै बन्द हुनेछन् । विस्तारै कोरोना भाइरसको शतर्कताका लागि नियमपूर्वक चल्न दिने मोडालिटी ल्याइने भएको छ ।
रिपोर्टसनेपाल

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved