काठमाडौं । सोमबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीका अनुसार सोमबार दोस्रो पटक थपिएका १३ संक्रमित थपिएका हुन् । जसमा पाल्पा निस्दी गाउँपालिकाका १७ र ३६ वर्षीय पुरुष, नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गुल्मी रेसुङ्गा नगरपालिकाका २६ वर्षीय पुरुष, कपिलवस्तु मायादेवी गाउँपालिकाका १९, २१, २६, २६, २७, ३५ र ४० वर्षीय पुरुष, रुपन्देही गैडहवा गाउँपालिकाकी ३ वर्षीया बालिका र ५४ वर्षीय पुरुष रहेका छन्