शुक्रबार र शनिबार देशभर पानी पर्ने, आइतबार केही सुधान हुन सक्ने

काठमाडौंमा चिसो बढ्यो

  • जेठ २३, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । शुक्रबार चक्रवातपछिको बायुको प्रभावका कारण देशैभर वर्षा भइरहेको छ । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको चक्रवात अर्थात, निसर्ग कमजोर भई बनेको न्युन चापिय क्षेत्रको प्रभावका कारण वर्षा भइरहेको मौसम विद समिर श्रैष्ठले जानकारी दिए ।

हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५ को अधिकांश भागमा मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ । आगामी २४ घण्टा देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

शुक्रबार दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भू-भागमा मौसम सामान्य बदली रहनेछ । प्रदेश ५, सु.प. प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १,२, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति पनि उही अवस्था रहेको महाशाखाले जनाएको छ । शनिबार पनि शुक्रबारको जस्तै मौसम रहने महाशाखाले जनाएको छ । आइतबार केही सुधार हुने भए पनि वर्षा, मेघगर्जन र चट्याङ केही भागमा पर्ने महाशाखाको पूर्वानुमान छ ।

काठमाडौंमा चिसो बढ्यो
काठमाडौं उपत्यकामा भने अचम्मैसंग चिसो महसुस गरिएको छ र शुक्रबार बिहान चिसो हावा लागेको छ । बिहानैदेखि वर्षा भएको छ ।

पछिल्ला केही दिनदेखि नै नेपालभरको मौसम चिसो अनुभव भएको छ । काठमाडौंमा बिहीबार न्यूनतम १७/६ तथा अधिकतम २५/७ डिग्री सेल्सियस तापक्रम हेको थियो । त्यस्तै सबैभन्दा बढी जनकपुरमा ३३ तथा सबैभन्दा कम जोमसोममा १० डिग्री सेल्सियस तापक्रम रहेको थियो ।

शुक्रबार र शनिबार पनि तापक्रम नबढ्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved