आरोहण शाह
वीरगञ्ज कारागार परिसरमा आमासँगै बिनाकारण सजाय भुक्तान गरिरहेका बालबालिकालाई लक्षित गरी समता विद्यालय स्थापना भएपछि विद्यालयमा विधार्थी संख्या बढेको छ । शिक्षाको ज्योतिबाट टाढा रहेका कैदीबन्दी तथा विपन्न परिवारका बालबालिकाहरु अहिले विद्यालयसँग जोडिएका छन् ।
शिक्षाबाट वञ्चित कैदीबन्दी तथा विपन परिवारका बालबालिकाहरुलाई विद्यालयसँग जोड्न २०७१ साल देखि वीरगञ्ज कारागार परिसरमा प्ले ग्रुप देखि कक्षा ३ सम्म निसुल्क अध्यन भईरहेको छ । समता फाउन्डेसनद्धारा सञ्चालित समता विद्यालयले यो शिक्षक, पोसाक, पाठ्यपुस्तक आफैले व्यवस्था गरेको छ । स्टेसनरी र खाजा भने कारागार परिवार र स्थानीय दाताहरुले सहयोग गदैृ आएका छन् । १५० बालबालिका कारागारमा रहेको समता विद्यालयमा बसी अंग्रेजी माध्यमबाट औपचारिक शिक्षा लिइरहेका छन् ।
बिभिन्न अपराध गरेर अपराध बरराबरको जेल जीवन भुतmान गरिरहेका कैदीबन्दीहरुका बालबालिकाकालागि समता विद्यालय सहारा बनेको छ । कारागारमा कैदीबन्दी मध्ये आमासँगै ६ जाना बाालबालिका कारागारमै बसी पठनपाठन गछर्न । कारागारमा कैदी जीवन बिताइरहेका अन्य महिला कैदी बन्दीका छोराछोरीलाई राजधानी, पोखरालगायत अन्य ठाउँका विभिन्न बालगृहमा आश्रति बालबालिकालाई पनि कारागारमा फर्काएर यहीं पढ्ने वातावरण मिलाऐको छ ।
कारागारमै बिद्यालय सुरु भएपछि स साना नानी आमाबाट छुट्टिएर बस्ने र उनीहरूले झेल्ने न्यास्रोपनबाट पनि मुक्ति मिलेको छ । तसर्थ विरगञ्ज कारागारमा मात्रै होइन यो अवधारणा मुलुकभरका कारागारमा ल्याउने हो भने कारगारमा आमाहरु संग बसेका सबै बालबालिकाले शिक्षाबाट वञ्चित हुनुपर्ने थिएन ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved