स्याङ्जामा एकैपटक थपिए १४ जना संक्रमित, भिरकोट नगरपालिकामा पहिलोपटक संक्रमित भेटियो

  • जेठ २५, २०७७
  • कालापानी मिडिया
alt

साधना न्यौपाने, स्याङजा । स्याङ्जामा एकैपटक १४ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै स्याङ्जामा संक्रमित संख्या ३७ पुगेको छ । त्यस्तै भिरकोट नगरपालिकामा पहिलोपटक कोरोना संक्रमित भेटिएको छ ।

भारतबाट आएर पालिकाको क्वारेन्टिनमा बस्दै आएका संक्रमित पुष्टी हुनेहरुमा वालिङका २९, ४९, ३४, ५२, ३८, ३१, २५, २७, ४६, ३७, २१, १८, ३२ बर्षका पुरुष रहेका छन् । भिरकोट नगरपालिकाका ४५ बर्षका पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

त्यस्तै गण्डकी प्रदेशमा आइतबारमात्रै ३८ संक्रमित थपिएका छन् भने गण्डकी प्रदेशमा संक्रमितको संख्या १ सय १३ पुगेको छ । आजै गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा सहित बागलुङमा १० जना पुरुष , गोरखा १० जना पुरुष र नवलपरासी बर्दखाट सुस्त पुर्व मा ४ जना पुरुष थपिएका छन् ।

संक्रमित सबै जनालाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved