भारत र चीनबीच सीमा विवादमा वार्ता सम्पन्न

सकारात्मक परिणाम आएको दाबी

  • जेठ २५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । भारत र चीनका वरिष्ठ सैन्य अधिकृतहरूले शनिवार वास्तविक नियन्त्रण रेखानजिक चुशुल-मोल्दोमा पहिलो चरणको वार्ता सम्पन्न गरेका छन् ।

लद्दाख क्षेत्रमा एक महिनादेखि चलिरहेको विवाद समाधान गर्नका लागि भएको वार्ता सकारात्मक दिशामा गएको सैन्य स्रोतहरूले जनाएको भारतीय दैनिक द टाइम्स अफ इन्डियाले लेखेको छ ।  दिनभरि चलेको वार्ताका विषयमा आधिकारिक वक्तव्य आइसकेको छैन । भारतीय पक्षको नेतृत्व लेफ्टिनेन्ट जनरल हरिन्दर सिंहले गरेका थिए भने चिनियाँ सेनाको नेतृत्व दक्षिण सिनजियाङ मिलटरी डिस्ट्रिक्ट कमान्डर मेजर जनरल लिउ लिनले गरेका थिए ।

पूर्वी लद्दाखमा सीमा यथास्थिति कायम रहने बताइएको छ । दुवै पक्षले विवादित क्षेत्रमा सैन्य र भारी हतियार तैनाथी घटाउने सहमति बनेको स्रोतहरूको भनाइ छ । विशेषगरी पांगोङ त्सो, गोग्रा-तातोपानी क्षेत्र र गलवान उपत्यकामा चरणबद्ध रूपमा सैनिक तथा हतियार संख्या घटाइने भएको छ । भारतीय पक्ष चिनियाँ भूमिमा गएर वार्ता गरेको थियो । बिहान ११ बजे उनीहरू चुशुल-मोल्दो बोर्डर पर्सनेल मीटिङ पोइन्ट पुगेका थिए । बीचमा दिवाभोजका लागि रोकिएको भए पनि बेलुकासम्म बैठक चलेको थियो ।

भारतीय पक्षले सीमा नजिक सडक बनाएकाले चिनियाँ पक्ष चिढिएको हो र विवाद उठेको हो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved