दाङ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० संक्रमित कोरोना जितेर घर फर्किएका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका दुई-दुई तथा बर्दियाका एक जना आइतबार घर फर्किएका हुन् ।
तीमध्ये केहीलाई कोरोना रिपोर्ट नेगेटिभ आएको र केहीलाई भने लक्षण नै नभएपछि घर फर्काइएको अस्पतालले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ आइसोलेशन व्यवस्थापनसम्बन्धी निर्देशिकामा कुनै पनि लक्षण नदेखिएपछि संक्रमितलाई १४ दिनपछि घर पठाइने उल्लेख छ ।
उनीहरु फर्किएसँगै बेलझुण्डीमा अब ४५ जना संक्रमितको उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved