इटहरी उपमहानगरले रानी विराटनगर इटहरी धरान सडक सुधार आयोजना सँग आवश्यक सवै कागजपत्र उपलब्ध गराइदिन माग गरेको छ ।
उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा भइरहेको सडक निर्माण कार्यमा सवन्मय,सहकार्य र सहयोग गर्ने प्रयोजनका लागि इटहरी तरहरा सडक खण्डको डिपीआर,खरिद सम्झौता लगायतका कागजपत्र उपलब्ध गराउन माग गरेको जनाइएको छ । इटहरी तरहरा सडक खण्डमा फरक फरक मापदण्ड कायम गरि निर्माण भइरहेको भन्ने बिषयमा अन्यौल कायम भएको भन्दै बिभिन्न संघ सस्थाले उपमहानगरको ध्यानाकर्षण गराइरहेकाले कागजपत्र माग गरिएको पत्रमा उल्लेख गरिएको छ । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा नागरिक समाज, संघर्षसमिति,उपमहानगर र आयोजनाका इन्जिनियरले इटहरी देखि तरहरा सम्मको विभिन्न ठाँउमा नाप्ने कार्य भएको छ ।
इटहरी चौक क्षेत्र सवैभन्दा वढि मान्छे हिडने ठाँउ भएकाले फुटपाथ पनि क्लियर गरेर जानुपर्ने आफनो मान्यता रहेको उहाँको भनाई छ । २०६८÷०६९ को आर्थिक वर्षबाट सुरु भएको रानी धरान ६ लेन सडकको जम्मा लम्बाइ ४९ किलोमिटर रहेको छ। भारतको जोगवनी र चीनको किमाथांका क्षेत्र जोड्ने यो सडक त्रिदेशीय महत्त्वको हो । रानीदेखि धरानसम्म ६ लेन सडक बनाउन १० अर्व बजेट छुट्याएकोमा अहिले ७ अर्वको मात्र ठेक्का लागेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved