चीलीमा एकैदिन ६ सय ४९ जना र विश्वभर ४ लाख ६ हजार १ सय ७ जनाको मृत्यु

ब्राजिल, मेक्सिको र भारतको स्थिति झनझन बिग्रिदै, अमेरिकामा केही नियन्त्रण

  • जेठ २६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । विश्वभर कोरोना संक्रमणको अवस्था थामिएको छैन । निको हुनेको दरमा उल्लेख्य सुधार भए पनि दैनिक संक्रमित एक लाखभन्दा बढी थपिँदै गएका छन् । समाचार तयार पार्दाको समय सम्म विश्वमा ४ लाख ६ हजार १ सय ७ जनाको मृत्यु भइसकेको छ ।

विश्वभर कोरोना संक्रमणको सबैभन्दा बढी अशर देखिने देशमा चीली पनि थपिएको छ ।  पछिल्लो २४ घण्टामा मात्रै चीलीमा सबैभन्दा बढी ६ सय ४९ जनाको मृत्यु भएको छ भने ६ हजार ४ सय ५ संक्रमित थपिएका छन् । योसहित चीलीमा कुल मृतकको संख्या २ हजार १ सय ९० पुगेको छ भने कुल संक्रमितको संख्या १ लाख ३४ हजार १ सय ५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा चीलीपछि सबैभन्दा बढी मृत्यु हुनेमा ब्राजिल परेको छ । यो अवधिमा ब्राजिलमा ५ सय ४२ जनाको मृत्यु भएको छ भने १८ हजार ३ सय ७५ संक्रमित भएका छन् । अमेरिकामा भने मृतकको संख्या यो अवधिमा निकै घटेको छ । अमेरिकामा ३ सय ७३ जनाको मृत्यु हुँदा १८ हजार ६ सय ८८ संक्रमित थपिएका छन् ।

यस्तै, २४ घण्टा भित्र मेक्सिकोमा ३ सय ४१ जनाको मृत्यु हुँदा ३ हजार ५ सय ९३ जना संक्रमित भएका छन् । सोही अवधिमा भारतमा २ सय ६१ जनाको मृत्यु भएको छ भने १० हजार ८ सय ८४ संक्रमित थपिएका छन् । सोही अवधिमा पेरुमा पनि १ सय ६४ जनाले ज्यान गुमाउँदा ४ हजार ७ सय ५७ संक्रमित थपिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved