दाङ,सुमन केसी
मंसिर १४ गते हुनलागेको उपनिर्वाचनका लागि गाउँगाउँमा गाउँमा चुनावी माहोल बढेको छ । दाङ क्षेत्र नं. ३ (ख) मा १२ दलका उम्मेदवार र २ जना स्वतन्त्र गरी १४ जना उम्मेदवारको उपनिर्वाचनमा विजयी हुने तछाड मछाड चलेको छ । उनिहरुले आ आफ्ना पक्षमा मतदान गर्न मतदाता रिझाइरहेको छन् ।
दाङको उपनिर्वाचनमा (नेकपा)ले स्वर्गीय उत्तरकुमार वलीकी श्रीमती बिमला वलीलाई उम्मेदवार बनाएको छ, भने नेपाली कांग्रेसले पुराना, त्यागी, विभिन्न समयमा जेल जिवन बिताएका र जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका नेता केशब आचार्यलाई उम्मेदवार बनाएपछि दाङमा नेकपा र नेपाली कांग्रेसका विच प्रतिस्पर्धा हुने देखिएको छ । र उनिहरुले दाङलाई प्रदेशको राजधानी बनाउने देखि पश्चिम दाङको विकास गर्ने भन्दै चुनावी नारा बनाएका छन् । दाङकोे पश्चिम क्षेत्रमा शिक्षा, स्वास्थ्य, यातायात, कृषी ,सञ्चार जस्ता कुराको पहुँच पुग्न नसकेको र विकास क्षेत्रमा पछि परेकोले पनि यस क्षेत्रको समग्र विकासको लागि आफू निरन्तर लाग्ने नेकपाकी उमेदवारको भनाइ छ ।
कांग्रेसले भने आफुले जितेमा दाङलाई प्रदेशको राजधानी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउदै आएको छ । बाइट ः केशवराज आचार्य,उमेदवार,नेपाली कांग्रेस
यता समाजबादी पार्टी र राप्रपा संयुक्तले पनि राजधानीको लागि पहल गर्ने घोषणा गरेका छन् ।
उपनिर्वाचनका लागि ४२ मतदान केन्द्र र ३४ वटा निर्वाचन स्थल छन् । तिमध्ये ६ वटा स्थल सुरक्षाका दृष्टिले अति संवेदनशिल, २६ वटा संवेदनशील र २ वटा सामान्य रहेको जानाइएको छ ।
दाङमा क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्य र घोराही उपमहानगरपालिका वडा नं. १६ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । जस अन्तरगर्त क्षेत्र नं. ३ (ख) मा ३२ मतदान स्थल र घोराही उपमहानगरपालिका वडा नं. १६ मा २ निर्वाचन स्थल रहेका छन । दुई उपनिर्वाचन हुने थानमा ७३ हजार १ सय ७२ मतदाताहरु छन । जसमध्ये क्षेत्र न ३ (ख)मा ६८ हजार ७ सय १९ जना र घोराही उपमहानगरपालिका वडा नं. १६ मा ४ हजार ४ सय ५३ जनामतदाता छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved