काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि ७८ दिन दिनदेखि जारी लकडाउनलाई सरकारले केही खुकुलो बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई खुकुलो बनाउदै आजबाट नीजि सवारी साधनलाइ जोर बिजोर गरेर चल्न दिने निर्णय भएको छ ।
नीजि सवारी साधानलाई जोर विजोर बनाएर सञ्चान गर्ने र सवारी साधानमा दुई जनाभन्दा बढी चढेर हिड्न दिने निर्णय पनि गरेको मन्त्रिपरिषद बैठक स्रोतले जनाएको छ । बाहिर जिल्लाबाट काठमाडौ आउनलाई भने अझै कडाई गर्ने निर्णय समेत गरेको छ ।
सरकारले जोर बिजोर प्रणालीबाट निजी सवारी साधन चल्न दिने निर्णय गरेको पनि एक मन्त्रीले जानकारी दिए । उनका अनुसार पसल र निजी सवारी साधनहरु भोलीबाट नै खुल्नेछन् । लामो दुरीका सवारी साधानहरु चल्नेछैनन भने भीडभाड हुने कुनै पनि क्षेत्रलाई तत्काल नखोल्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद बैठकले एक जिल्लाबाट अर्को जिल्लामा जान पनि कडाइ गर्ने निर्णय गरेको छ ।
करिब ३ महिनादेखि अन्योल अवस्थामा रहेको एसईई परीक्षा यस पटकलाई खारेज गरी विद्यालयले मूल्यांकनलाई मान्यता दिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेका थिए । मन्त्री पोखरेलले गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved