काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले राजतन्त्र कालमा गुमाएको भूमि नेपालले गणतन्त्र शासन व्यवस्थामा फिर्ता लिन लागेको बताएका छन् । प्रतिनिधसभाको शनिबारको बैठकमा बोल्दै उनले गुमेको भूमि फिर्ता ल्याउन संविधान संशोधन हुनु नेपालको लागि राष्ट्रिय स्वाधिनताको विषय भएको बताए ।
केही दिनयता देशका विभिन्न ठाउँंमा भइरहेका विरोध प्रदर्शनप्रति इंगित गर्दै उनले भने,सदनमा आउँद गर्दा मेरो स्टाप साथीले भन्नभयो । कोही कोहिले भनेका छन् रे लौ पार्टीहरुले त देश बचाउन सक्ने भएनन् । अब फेरि सामन्तहरु नै आउन गर्यो भनेर प्याले कार्ड बोकेका छन् अरे भनेर सुनानु भयो मलाई ।त्यसैले मेले सुरुमै भने राजतन्त्रीले गुमाएको जमिन गणतन्त्रले फिर्ता ल्याउँदै छ खबदार ?
नेपाली जनतालाई भ्रमित गर्ने कही कतैबाट कुप्रयास नगर्न प्रचण्डले चेतावनी दिए । उनले भने, आजको २१ औँ शताब्दीमा ठूलो आन्दोलनबाट खारिएर आएको जनता कसैको भ्रमको पछि लाग्ने छैन । नेपालको राष्टिय स्वाधिनतालाई, भौगोलिक र बैदेशिक हस्तक्षपबाट मुक्त रहनु नेपाली जनताले जिम्बेवारी सुम्पिएको पनि प्रचण्डले बताए ।
उनले भने, आउने दिनमा पनि ठूलो बलिदानबाट प्राप्त गरेको संघीय लोकतान्त्रकि गणतन्त्रको रक्षा गर्न एकताको विश्वास गर्दछु । नेपालको राष्टिय स्वाधिनतालाई, भौगोलिक र बैदेशिक हस्तक्षपबाट मुक्त रहनु नेपाली जनताले सुम्पिएको जिम्बेवारी थियो। आज हामी ऐतिहासिक चुनौतिको सामना गर्न नेपालको भौगोलिक अखण्डताको स्वाधिन आइपुगेका छौँ।
प्रतिनिधिसभामा भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयकको दफावार छलफलका क्रममा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved