काठमाडौं । प्रतिनिधिसभाबाट नयाँ नक्सा सहितको निशान छाप पारित हुँदै गर्दा सडकमा प्रदर्शन रोकिएको छैन । संविधान संशोधन हुन लागेको ऐतिहासिक क्षणमा नारा बदलिएर सडकमा मान्छे उत्रिएका छन् ।
माइतीघर मण्डलामा जारी प्रदर्शनमा ‘विधेयकका लागि धन्यवाद, १० अर्ब खोई रु’ भन्ने नारा लागेको छ । केही दिन यता बालुवाटार, न्युरोड, माइतीघरलगायत ठाउँमा दिनहुँ सरकार विरोधी स्वतस्फुर्त रुपमा प्रदर्शन हुँदै आएका छन् ।
तर बालुवाटार लगायतका क्षेत्रमा प्रदर्शन गर्नेहरुले आजको प्रदर्शन स्थगित गरेको बताएपनि माइतीघरमा भने छुट्टै समूह भेला भएको छ । जसले निकै शंका पनि उत्पन्न गराएको छ ।
किनकी प्रदर्शनकारीको समूहबाट एक अमेरिकी, एक चिनियाँ, एक फ्रेन्च, एक क्यानडेली र एकजना अष्ट्रेलियन नागरिकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved