चलचित्र ‘जीवन काँडा कि फूल’का निर्माता विनोद विष्टद्धारा चलचित्र हलमा आफ्नो चलचित्र प्रर्दशन गर्न नदिएको आरोप ।

  • मंसिर ३, २०७६
  • कालापानी मिडिया
alt

ईश्वर थापा,
धनकुटा ।
चलचित्र ‘जीवन काँडा कि फूल’का निर्माता तथा निर्देशक विनोद विष्टले चलचित्र हलमा आफ्नो चलचित्र प्रर्दशन गर्न नदिई वितरकले खुल्ला रुपमा मर्डर गरेको आरोप लगाउनु भएको छ ।
पत्रकार महासंघ धनकुटा शाखाको सभाहलमा आयोजित पत्रकार भेटघाटमा बोल्नुहुँदै फिल्म निर्देशक विष्टले वितरकले फिल्म नचलेको भन्दै पन्छिएर हलवाट उतारेर प्रदर्शन गर्न नदिएको आरोप लगाउनु भएको हो । मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरेको वहुचर्चित आत्मकथामा आधारित ‘जीवन काँडा कि फुल’ नामक पुस्तकमा आधारित रहेर निर्माण गरिएको हो । गत कात्तिक २२ गते देखि देशभर प्रर्दशनमा आएको भएपनि चलचित्र वितरकले पर्याप्त हल नदिँदा सीमित हलमा मात्रै चलचित्र रिलिज भएको विष्टले बताउनु भयो ।
चलचित्रमा झमकको सानो छँदाको रोल सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको रोल काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन । त्यस्तै झमकको वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरि लगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ । करिव ८० लाख रुपैयाको लागतमा निर्माण भएको फिल्म २ घण्टा ५ मिनेट लामो छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved