नेपालले नक्सा पारित गरेर वार्ताको वातावरण बिगार्‍यो -भारत

  • जेठ ३२, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । नेपालले शनिबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नक्सालाई निशान छापमा राख्‍नका लागि गरेको संविधान संशोधनप्रति भारतले आपत्ति जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालले नयाँ नक्साका विषयमा संविधान संशोधन गरेर सीमा क्षेत्रका बाँकी मुद्दाहरूको बारेमा वार्ता गर्नु वर्तमान समझदारीको पनि उल्लंघन गरेको आरोप लगाएको छ ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको प्रतिनिधिसभाले नयाँ नक्सालाई परिवर्तनका लागि संविधान संशोधन विधेयक पारित गरेको छ । जसमा भारतीय भूभाग समेटिएको छ । हामीले यस विषयमा हाम्रो पोजेसिन यसअघि स्पष्ट पारेका छौं ।’

ूभूभागको कृत्रिम विस्तार गरी गरिएको दाबी कुनै ऐतिहासिक तथ्य वा प्रमाणमा आधारित छैन र यो मान्य छैन, विज्ञप्तिमा भनिएको छ, ‘यसले हाम्रो सीमा क्षेत्रका बाँकी विवादलाई समाधान गर्न वार्ता गर्ने वर्तमान समझदारीको उल्लंघन गरेको छ ।’

८ मेमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडक उद्‌घाटन गरेपछि २० मेमा नेपालले नयाँ नक्सा जारी गरेको थियो । नेपालले जारी गरेको उक्त नक्सा स्वीकार्य नहुने भन्दै भारतले आपत्ति जनाएको थियो ।

यसअघि भारतले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर ३ नोभेम्बर, २०१९ मा नयाँ राजनीतिक नक्सा जारी गरेको थियो । भारतले जारी गरेको उक्त नक्साप्रति नेपालले आपत्ति जनाउँदै वार्ताका आह्‍वान गरेको थियो । भारतले वार्ताका लागि गरेको नेपालको प्रस्तावको कुनै जवाफ दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved