काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपनिर्वाचनको मुखैमा आएर २१ महिना अगाडि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को नेतृत्वमा गठन भएको सरकारका २१ असफलताहरु सार्वजनिक गरेको छ । कांग्रेसले मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनलाई लक्षित गरेर ‘नेपाली कांग्रेसको आह्वान’ नामक पुस्तिकामार्फत सरकारका २१ असफलताहरु सार्वजनिक गरेको हो । बुधबार केपी ओली नेतृत्वको सरकार गठन भएको २१ महिना पुग्दैछ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा ५० बढी युवामार्फत उपनिर्वाचनको घोषणा पत्रका रुपमा ‘नेपाली कांग्रेसको आह्वान’ नामक पुस्तिका सार्वजनिक गरेका हुन् ।
यि हुन् कांग्रेसले औंल्याएका सरकारका असफलताहरु
१ ः राष्ट्रियताको प्रश्नमा असफलता
२ ः संविधानप्रति अपनत्वको दायरा विस्तारमा असफलता
३ ः सत्ताको सैद्धान्तिक चरित्र निक्र्योलमा असफलता
४ ः संघीयताको बाँकी कार्यभार पूरा गर्न असफलता
५ ः कूटनीतिक मामिलामा अपरिपक्वता
६ ः विप्लव प्रकरणः असफलताको फरक पाठ
७ ः शान्ति सुरक्षाः निर्मला प्रकरणमा हरायो सरकार
८ ः मूल्य वृद्धिः धरहरा ढलेर हुनुपर्छ सगरमाथा उक्लियो महंगी
९ ः वाइडबडी लगायतको भ्रष्टाचारमा क्रान्तिकारी छलाङ
१० ः बूढीगण्डकीः कम्यनिस्ट सरकारको राष्ट्रघात
११ ः मेलम्ची परियोजनामाथि खेलवाड
१२ ः निजगढ एयरपोर्टको भविष्य अन्योल
१३ ः चिकित्सा शिक्षाका विद्यार्थीको भविष्यमा प्रश्न
१४ ः सरकारको नियतले असफल संवैधानिक परिषद्
१५ ः शब्दमा प्रेस स्वतन्त्रता व्ष्वहारमा नियन्त्रण
१६ ः धर्मको प्रश्नमा होली वाइन प्रकरण
१७ ः गुठी विधेयकः जनशक्तिले झुकाएको सत्ता
१८ ः सामाजिक सुरक्षा कोषः कर्म कसैको प्रचार कसैको
१९ ः बालुवाटार जग्गा काण्डमा लिलाम नैतिकता
२० ः कम्यनिस्ट सरकार उकालो लाग्दा सेयर बजार ओरालो
२१ ः असहिष्णु अभिव्यक्तिः अराजनीतिक चरित्र
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved