यस्तो छ सातै प्रदेशको बजेट,बागमती प्रदेश सबैभन्दा धेरै र थोरैमा सुदूरपश्चिम प्रदेश

  • असार २, २०७७
  • कालापानी मिडिया
alt

देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७७/७८ को बजेट सार्वजनिक गरेका छन्। संघीय सरकारले जेठ १५ मा बजेट घोषणा गरेपछि प्रदेश सरकारले आज बजेट सार्वजनिक गरेका हुन्। सातै प्रदेशको बजेटमा बागमती प्रदेश सबैभन्दा धेरै र थोरैमा सुदूरपश्चिम प्रदेशको बजेट रहेको छ ।
कुन प्रदेशको बजेट कस्तो ?

प्रदेश १-: ४० अर्ब ८९ करोडको बजेट

प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रदेशसभा बैठकमा प्रस्तुत गरेको वार्षिक आय व्यय विवरणमा चालुतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार अर्थात ४६ दशमलब २९ प्रतिशत बजेट विनियोजन गरिएको छ।

त्यस्तै पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात ५३ दशमलब ७१ प्रतिशत, वित्तीय व्यवस्थातर्फ ४ करोड रुपैयाँ र अन्तर सरकारी वित्त हस्तान्तरणका लागि २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ।

प्रदेश २-: ३३ अर्ब ५६ करोडको बजेट

प्रदेश २ सरकारले अगामी आर्थिक वर्षका लागि ३३ अर्ब ५६ करोड ९ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

प्रदेश सभामा सोमबार आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादवले प्रस्तुत गरेको बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५ दशमलब ९५ प्रतिशत र पुँजीतर्फ १७ अर्ब ९८ करोड ८२ लाख अर्थात ५३ दशमलब ६७ प्रतिशत बजेट विनियोजन गरिएको छ।

बागमती प्रदेश-: ५१ अर्ब ४२ करोडको बजेट

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ हजार अर्थात् ५१ दशमलब १२ प्रतिशत विनियोजन गरिएको छ।

त्यस्तै, पुँजीगततर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार अर्थात् ४८ दशमलब ८८ प्रतिशत बजेट विनियोजन भएको छ।

गण्डकी प्रदेश-: ३४ अर्ब ८४ करोडको बजेट

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

चालुतर्फ १४ अर्ब ३४ करोड २६ लाख ८४ हजार र पुँजीगततर्फ १९ अर्ब ९९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गरेका हुन्। वित्तीय व्यवस्थातर्फ ५० करोड रुपैयाँ प्रस्ताव गरिएको छ।

कुल बजेटमा चालुतर्फ ४१ दशमलब २ प्रतिशत, पुँजीगत ५७ दशमलब ४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ दशमलब ४ प्रतिशत छ।

प्रदेश ५-: ३६ अर्ब ३५ करोडको बजेट

प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ का लागि ३६ अर्ब ३५ करोडको बजेट ल्याएको छ।

आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा ३६ अर्ब ३५ करोड २५ लाखको बजेट पेश गरेका हुन्।

बजेटमा चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख ९८ हजार, पूँजीगततर्फ १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार र स्थानीय तह वित्तीय हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड ५० हजार विजियोजन गरिएको छ।

कर्णाली प्रदेश-: ३३ अर्ब ७४ करोडको बजेट

कर्णाली प्रदेश सरकारले गत वर्षको तुलनामा करिब ५० करोड कम आकारको बजेट ल्याइएको छ। प्रदेशले आगामी आर्थिक वर्ष ०७७र ७८ को लागि ३३ अर्ब ७४ करोड रुपौयँको बजेट ल्याएको हो।

सोमबार प्रदेशसभामा बजेट पेश गरिएको बजेटमा पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विजियोजन गरिएको छ।

बजेटमा आगामी आर्थिक वर्षमा करिव ६ प्रतिशत आर्थिक बृद्धिद्धर हासिल गर्ने लक्ष्य छ।

सुदूरपश्चिम प्रदेश-: ३३ अर्ब २८ करोड ४८ लाखको बजेट

सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षका लागि ३३ अर्बको बजेट ल्याएको छ। प्रदेशसभामा अर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सोमबार ३३ अर्ब २८ करोड ४८ लाखको बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमा १४ अर्ब १८ करोड ७८ लाख चालु र १६ अर्ब ७२ करोड ८४ लाख पुँजीगत बजेट रहेको मन्त्री बोहराले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved