बिबाह विपन्न समुदायकालागि अभिशाप भयो ।

  • मंसिर ८, २०७६
  • कालापानी मिडिया
alt

रुपन्देही,
रविन्द्र गुप्ता ।
विवाह भनेपछि अभिभावकलाई त्यसै तनाव । अझै तराई–मधेशमा छोरीको बिहेको लागी त अभिभावक सुरुदेखी नै सम्पत्ती जोडजाममा लाग्ने गर्दछन् । छोरीको बिहेको लागी लिएर मधेशका अभिभावलाई तनावनै हुन्छ । फलतः कतिपय बालिकाहरु भ्रुण हत्याका शिकार हुन्छन् भने कतिपयको बिहे भए पनि दाईजोको कारण मृत्यु हुनपर्छ । अझ विपन्न समुदायमा त बिहे अभिशाप नै बनेको छ ।
न दिनलाई दाईजो नै हुन्छ न त शिक्षित बर वा बधु पाइने । यस्तै अवस्थामा रुपन्देहीको रोहिणी गाउँपालिकाले नमूना बिहे गरेको छ । रोहिणी गाउँपालिका वडा नम्बर २ बस्ने हसिना खातुन अतिविपन्न भए पनि अरुको तुलनामा भाग्यमानी सावित भइन । भाग्मानी यस अर्थमा कि बिहेपनि उनलाई आर्शिवाद प्रदान गर्न हजारौंको संख्यामा स्थानीयको उपस्थिति रहेको थियो ।

रोहिणी २ की हसिना अतिविपन्न परिवारकी भएकीले उनको बाजेलाई बिहेको चिन्ता थियो । बाजेबाहेक अहिले उनको घरमा अरु कोही छैनन् । आमाको यस अघि नै मृत्यु भइसकेको छ भने बाबु भएपनि उनी अहिले हराएर नभए बराबर नै छ ।
रोहिणी गाउँपालिका र २ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा पोखरभिण्डीमा आयोजित विराट धनुष महायज्ञ तथा कुस्ती प्रतियोगितामा बेहुला बनेर आएका भारत जाराका नेउसाद आलम खाँ र हसिनाले काजीले भनेको वचनमा एकअर्कालाई ३ पटक “कबुल है” भनेपछि २ जनाको बिहे सम्पन्न भएको थियो ।

हिन्दु धार्मिक पराम्परा अनुसार मनाईएको महायज्ञमा मुस्लिम समुदायको विपन्न समुदायको बिहे गराएर गाउँपालिकाले उदाहरणिय काम गरेको स्थानीय मुस्लिम अगुवा सब्बिर खाँले बताए । उनले अहिले छोरीहरु दाइजोको कारण अभिशाप बन्दै गएको मधेशी समुदायमा अति विपन्न छोरीको बिहे गरेर उसको उद्दार गरेको प्रतिक्रिया दिए ।

रोहिणी गाउँपालिका अन्र्तगत वडा नम्बर २ मा वर्षौदेखी महायज्ञ तथा कुस्ती प्रतियोगिता हुँदै आएको छ । स्थानीय तह आएदेखी यसले मेलाप्रति अपनत्व लिदै मेलामा लगानी गर्न थालेको थियो । गत वर्षसम्म मेला मात्रै हुँदै आएको यस कार्यक्रममा यस वर्षदेखी सामुहिक विवाह हुने गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले उद्घोष गरेको थिए । सोही अनुसार यस वर्ष मेलामा बिहे योग्य जोडी खोज्नको लागी सूचना नै प्रकाशित गरिएको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए ।

सोही सूचना हेरेर स्थानीयले हसिनाको बिहेको लागी अनुरोध गरेका थिए । हिन्दु समुदायको कार्यक्रममा मुस्लिम समुदायको बिहे भए यसले धार्मिक सदभावको उदाहरण कायम हुने देखेर गाउँपालिकाले पनि तत्काल उक्त जोडीलाई सहयोग गर्ने प्रतिवद्धता दिएको थियो । उक्त जोडीको बिहे मुस्लिम पराम्परा अनुसार गरी आर्शिवादको लागी महायज्ञ स्थल ल्याइएको थियो । गाउँपालिका र २ नम्बर वडा कार्यालयले आर्थिक लगानी र स्थानीयहरुले सहयोग गरी बिहे पनि बेहुलाबेहुलीको प्रयोगमा आउने दैनिक उपभोग्यका सामाग्री प्रदान गरेका थिए । गाउँपालिका र वडा कार्यालयको संयुक्त प्रयासमा अतिविपन्न समुदायको बिहे गरेर गाउँपालिकाले नमुना काम गरेको र यस्तै राम्रा राम्रा काम आगामी दिनमा पनि गर्नु पर्ने स्थानीय बैतुन्निसाको भनाइ छ ।

रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले अहिलेको बिहे १ जोडीको भए पनि आगामी दिनमा सामुहिक विवाहको प्रयास गरिने र सम्पर्कमा आएको विवाह योग्य विपन्न परिवारका छोरीछोराको विवाह गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
गरिब जनताको साहारा ब ...

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा सर्लाहीका एक गरिब परिवारको निःशुल्क उपचार ...

आजको मौसम : उच्च पहा ...

काठमाडौं । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौस ...

आज किराँत फाल्गुनन्द ...

काठमाडौं । किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको एक सय ४० औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved