कास्की । गण्डकी प्रदेशमा बुधबार थप २१ जना कोरोना संक्रमित थपिएका छन् । आज भेटिएका संक्रमितमा नवलपुरका १८ र पर्वतका ३ रहेका छन् । स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिकामा १९ देखि ३६ बर्षसम्मका १४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
मध्युविन्दु नगरपालिकाका १६ र ३० वर्ष उमेर समुहका २ पुरुष रहेका छन् । यस्तै, कावासोती नगरपालिकाका एक जना ३७ वर्षीय पुरुषमा र पालिका नखुलेको २७ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
पर्वतको फलेवास नगरपालिकाका २ जना १९ र २१ वर्षीय दुई पुरुष र ४६ वर्षिय एक महिलामा समेत गरि पर्वतमा ३ जना नयाँ संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २ सय ४७ पुगेको छ । यस्तै, आजै बिहान गुल्मीमा ११ र अर्घाखाँचीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved