काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वैवाहिक अंगीकृत नागरिकताको विषयमा नागरिकता ऐन २०६३कै प्रावधान अनुसार अघि बढ्नुपर्ने निश्कर्ष निकालेको छ ।
नागरिकता विधयकका विषयमा निर्णय लिन सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले विद्मान ऐन अनुसारनै विदेशी वुहारीलाई नागरिकता दिने व्यवस्था गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
झण्डै २ वर्षदेखि राज्यव्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको नागरिकता विधेयक वैवाहिक अंगीकृतकै विषयमा कुरा नमिल्दा टुंगो लाग्न सकेको थिएन ।
झण्डै १० महिनापछि विधेयक अघि बढाउन मंगलबार डाकिएको बैठकमा समिति सभापति शशी श्रेष्ठले ७ वर्षे समय सीमा सहितको प्रस्ताव ल्याएको भएपनि कांग्रेसले एक दिन समय मागेपछि छलफल निष्कर्षमा पुग्न सकेको थिएन । बैठक आज टुंग्याउने गरि डाकिएको छ ।
कांग्रेसले पुरानै व्यवस्था विधेयकमा राख्नु पर्ने निष्कर्ष निकालेपछि अब विधेयक पास गर्न समितिमा मतदान हुन सक्नेछ । किनकी समितिमा रहेका राजपा, समाजवादी लगायतका दलका सांसदको माग पनि पुरानै व्यवस्था बमोजिम हुनु पर्ने बताउँदै आएको छ ।
सरकारले ल्याएको मूल विधेयकमा भने विवाह गरेर आए लगत्तै लिने तर ६ महिनाभित्र सम्बन्धित देशको नागरिकता त्यागेको निस्सा पेश गर्नु पर्ने उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved