प्रबिधिको बिकास भए संगै हुलाक सेवा संकटमा

हुलाकको नयाँ भूमिकाको खोजी र पुनःसंरचना गरिनुपर्नेे आबश्यकता 

  • मंसिर ९, २०७६
  • कालापानी मिडिया
alt

कपिलवस्तु,
अनिलकुमार माली ।
कुनै समय व्यक्तिगत तथा पारिवारिक सूचना आदानप्रदान गर्न प्रमुख साधन बनेको नेपाली हुलाक सेवाको अस्तित्व अहिले संकटमा परेको छ । केन्द्रदेखि गाविस स्तरसम्म संरचना विस्तार गरेर वि.स १९३५ देखि सेवा दिँदै आएको हुलाक सेवा मेवाइल र इमेल इन्टरनेटको विकास भएपछि संकटमा परेको हो ।

अहिले चिठ्ठीपत्र आदानप्रदानको काम मोवाइल र इमेल इन्टरनेटबाट हुने गरेको छ । समय सापेक्ष आफ्नो सेवालाई विस्तार गर्न नसक्नु र सोही अनुसारको व्यवस्थापन नहुदा हुलाक सेवा संकटमा परेको हो ।


१३ वटा ईलाक हुलाक, ५९ वटा अतिरिक्त हुलाक मार्फत कपिलवस्तुका जनतालाई सेवा दिदै आएको हुलाक सेवा यसको उदाहरण हो । अहिले मात्र हुलाक सेवाले सरकारी कार्यालय तथा संस्थाका पत्रहरु र बिदेशबाट आउने ब्यक्तीगत सामानहरु बोक्ने गर्छ । वि.स. २०३३ साल देखि शुरु भएको हुलक बचत बैंक न्यून स्तर जनताका २,४ रुपैया बचत गर्ने मात्रे गरिरहेको छ । सम्पूर्ण सेवा ग्राहीलाई हुलाक सेवा प्रयोग गर्न आग्रह समेत गरेपनि अहिलेको सुचना प्रविधिका कारण हुलाक सेवा छायामा परेको कपिलवस्तु जिल्ला हुलाक कार्यलयको भनाई छ ।


जब देखि ईमेल इन्टरनेटले फड्को मा¥यो तब देखी हुलाक सेवा संकटमा पर्दै गयो । यसको विकास र संवद्धनका लागि सरकार गम्भिर हुन पर्ने कपिलवस्तुवासिको भनाई छ ।


हुलाक सेवाको संरचना गाउँ तहसम्म रहेकाले चिठीपत्र पठाउन छाडेपछि हुलाकको नयाँ भूमिकाको खोजी र पुनःसंरचना गरिनुपर्नेे आबश्यकता देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved