गण्डकीमा थप २४ जनामा कोरोना, संक्रमित ३४८ पुगे

  • असार ५, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पूर्वी नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीमा ६ जना र स्याङ्जामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३४८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा। विनोद विन्दु शर्माका अनुसार पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिकामा २८ र २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बाग्लुङको गल्कोट नगरपालिकामा ८ जना र कोठेखोला गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएको छ । गल्कोटमा ३५, ३८, ३०, २२, १९ र ४५ वर्षका पुरुष तथा ४२ र २० वर्षका महिलामा कोरोना भाइरस देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिकाका ५ जना र रुपा गाउँपालिकाका एकजना पुरुष पनि संक्रमित छन् । पोखरा महानगरमा भेटिएका संक्रमित १९ वर्षका २ जना र ४१ वर्षका एकजना पुरुष छन् । त्यस्तै, ३० र ५६ वर्षीया २ जनामा महिलामा समेत कोरोना भाइरस पुष्टि भएको छ । यस्तै रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस पाइएको छ ।

निर्देशनालयका अनुसार स्याङ्जाका २ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ३६ वर्षीय पुरुष कालीगण्डकी गाउँपालिकाका हुन् भने अर्का ६३ वर्षीय पुरुषको ठेगाना खुल्न नसकेको निर्देशनालय निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिए ।

उनीहरु सबैजना भारतबाट फर्किएका हुन् । सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले। जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुग्दा २२ जना निको भएर घर फर्किसकेका छन् भने एकजनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ८ सय ४८ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved