कञ्चनपुर । कञ्चनपुरमा क्वारेन्टिमा बसेकाहरुलाई नियमित योग सिकाउन थालिएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका क्षेत्रमा व्यवस्थापन गरिएको क्वारेन्टिनमा योग अभ्यास थालिएको हो।
पतंजलि योग समिति झलारीको पहलमा योग तथा रोग प्रतिरोधात्मक जीवन शैलीको अभ्यास थालिएको पतंजलि योग समिति शुक्लाफाँटाका महाँमन्त्रि केपी पाण्डेयले वताए।
नगरपालिकाको वडा नम्बर १,२,७,९,५,१० र ११ मा क्रमस योग प्रशिक्षक ज्ञानु गुप्ता, कमला धानुक, केशवराज पनेरू, धनेश्वरि भट्ट, लक्ष्मि ऐर, केपी पाण्डेय, केशव दत्त अवस्थि र जयराम शाहलाई योगअभ्यास सञ्चालनको जिम्मेवारी दिइएको छ।
यस्तै बेदकोट नगरपालिकाका क्वारेन्टाइन र भिमदत्तनगरका क्वारेन्टाइनमा बस्नेहरुकालागि खेलका सामाग्री समेत उपलब्ध गराइएको छ । बिहान क्वारेन्टाइनमा बसेकाहरु नियमित जसो बेटमिन्टन खेल्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved