कास्की,
उपनिर्वाचनको मिति नजिकिँदै गर्दा कास्कीमा भने बम विस्फोटका घटना हुन थालेका छन् ।
आज विहान राती २ बजेर ४५ मिनेटमा पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा बम विस्फोट भएको हो । बम विस्फोटबाट घरमा पार्किङ गरेर राखेको गाडीमा क्षति पुगेको छ । आचार्यको पोखरा महानगरपालिका १७ बिरौटास्थित घरमा पार्किङ गरेर राखेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा अज्ञात समुहले विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । घर परिसरमा बम पड्किएर गाडी क्षतिग्रस्त भएको वडाअध्यक्ष आचार्यको पारिवारले जनाएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved