समाजका उदाहरणीय पात्र भेजपुरका ब्रिटिस आर्मी (फोटो फिचर)

  • असार ५, २०७७
  • कालापानी मिडिया
alt

गणेश विष्ट, भोजपुर ।भोजपुरको टेम्केमैयुङ गाउँपालिका-२ सिरदली र वडा नं -३ मेसपाङका दुई जना भुतपूर्व व्रिटिसआर्मीले व्यवसायीक रुपमा बाख्रापालन गरिरहेका छन् । सिरदलीमा ब्यवसायिक रुपमा बाख्रापालन गरिरहेका सूर्यप्रसाद राईको अम्वा वाख्रापालन फर्ममा १५० बढी बाख्रा छन् ।

fgm

राईले अवकाश पाएपछि २०५७ सालबाट व्यवसायिक रुपमा बाखा्र पाल्दै आएका छन् । फर्ममा उनी सहित अन्य दुई जनाले काम गर्दै आएका छन् । १२ रोपनी बढी क्षेत्रफल रहेको सो फर्ममा अहिले, वोयर, स्थानीय खरीजात लगाएतका बाख्रा छन् । व्रिटिस सरकारले त्यहाँ बस्नको लागि दिएको नागरिकता समेत त्यागेरआफुहरु स्वदेश आएर यो पेसा हंगालेको व्यवसायि सूर्य प्रसाद राईले बताए ।

d

अर्का स्थानीय गोपालचन्द्र राईले पनि अवकाश पाएपछि व्यवसायिक रुपमा कृषि व्यवसाय गरिरहेका छन् । उनले आफ्नै बारीमा सुन्तला, कागती, एभोकार्ड, अलैंची लगाएका छन्, भने व्यवसायिक रुपमा बाख्रापालन पनि गरिरहेका छन् । सेनाको जागिरको अवधी सकिएपछि विभिन्न ठाउँमा गएर व्यवसायिक रुपमा सञ्चालन भएका कृषि फर्ममा अध्ययन गरेर काम गरिरहेको छ । आफूलाई पेन्सनको रुपमा आएको पैसाले राम्रोसंग जिविको पार्जन गर्न पुग्ने भएपनि समाजका मानिसहरुलाई केहि ज्ञान दिन यस्तो कर्म गर्दै आएको गोपाल चन्द्र राई बताउछन् ।

asx

गाउँपालिकाले उनीहरुको कामलाई निकै प्रशंसनिय रहेको बताएको छ । उनीहरुलाई थप उर्जा दिनको लागि उन्नत जातको वोका ल्याईदिनेसंगै प्राविधिक सहयोग गर्दै आएको बताएको छ । उनीहरुले गरेको कामलाई नमूना मानेर अन्य कृषकलाई पनि कृषिमा प्रोत्साहन गर्न टेवा मिलेको वडा नम्वर ३ का वडा अध्यक्ष पूर्ण प्रसाद राईले बताए ।

avd jh

धेरै स्थानीय युवामा विदेशप्रतिको मोह बढिरहेको वेला यी दुई व्यक्तीहरुले गरेको काम उदाहरणिय रहेको स्थानियले बताएका छन् ।

hggf

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विमानस्थलबाट ५ किलो ...

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलो ७ सय ग्राम सुनसहित ३ जना विदेशी नागरिक पक्रा ...

मुमा बडामहारानीलाई न ...

काठमाडौं । अस्वस्थ भएर नर्भिक अस्पताल भर्ना हुनुभएकी मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई निमोनि ...

अकेरिकी राष्ट्रपतिको ...

वासिङ्टन डिसी । विश्वभर निकै प्रतिक्षा गरिएको अमेरिकाको राष्ट्रपतीय निर्वाचनको मतदात आज हुन गइरहेको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved