हेर्नुस् सूर्य ग्रहणमा केके गर्न हुने केके गर्न नहुने ?

  • असार ७, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । आज वर्षको पहिलो खण्डग्रास सूर्यग्रहण । ३ घण्टा ३३ मिनेटसम्म लाग्नेछ । नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार बिहान १० बजेर ५० मिनेटबाट सुरु हुने सूर्यग्रहण दिउँसो २ बजेर २३ मिनेटमा सकिनेछ । सूर्यग्रहण मध्याह्न १२ बजेर ३८ मिनेटमा मध्यम रहनेछ । सूर्यग्रहणका बेला गर्भवती महिला, बालबच्चा, रोगी र वृद्धवृद्धाले खुला आकाशमा सूर्यतर्फ हेर्न नहुने सुझाव ज्योतिषले दिएका छन् ।

सूर्यग्रहणको शूतक भने शनिबार राति १० बजेर ५० मिनेटदेखि नै सुरु भइसकेको छ । ग्रहण लाग्नुभन्दा करिब १२ घण्टा अगाडिबाट बालबच्चा, वृद्ध, बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको शास्त्रीय मान्यता रहँदै आएको छ । त्यस समयमा बालबालिका, वृद्धवृद्धा र बिरामीबाहेकले भोजनसँगै शयन, मैथुन, शृंगार र वध गर्न हुँदैन ।

यद्यपि, ग्रहणको समयमा हवन, तर्पण, श्राद्ध, दान, देवपूजन, जप र मोक्षपछि स्नान गरेमा अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ । ‘यो बेला गरिएको सानो दान र धर्मले पनि अक्षय फलप्राप्त गर्ने शास्त्रीय मान्यता छ,’ उनले भने, ‘भगवानको मन्त्र जपले पनि धेरै फाइदा पुग्छ ।’ ग्रहणका समयमा आटा, चामल, चिनी, दाल आदि दान गर्दा राम्रो हुने जनविश्वास छ ।

ग्रहणको नराम्रो प्रभावबाट बच्न दुर्गा चालिसा या श्रीमद्भागवत गीता पाठ गर्नु उत्तम हुने शास्त्रमा वर्णित छ । यस्तै, साढे सातबाट चिन्तामा रहेका मानिसले शनि देवको जप गर्नु उत्तम हुने भनाइ छ । ग्रहणको समयमा ग्रहण स्पर्श भएसँगै नदी, तलाउ, पोखरी, तीर्थस्थान, खोला, समुद्र आदिमा स्नान गर्ने र जनावर, चराचुरुंगी, निमुखा तथा असहायलाई दान धर्म गर्नु राम्रो हुने मानिएको छ ।

ग्रहणको समयमा घरमा विकिरण तथा नकारात्मक ऊर्जा प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्न नहुने तथा दूध, दही, घिउ, पानी, अचार आदिमा तुलसीपत्र वा कुश राख्ने चलन छ । यसो गर्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । योबाहेक अन्य चिजमा गाईको गोबर राख्ने गरिन्छ ।

खगोल शास्त्रका अनुसार सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आइपुग्दो सूर्यका किरण छेकिन्छन् र पृथ्वीमा अँध्यारो हुन्छ, जसलाई सूर्यग्रहण भनिन्छ । सूर्यग्रहण खग्रास (पूरै छेकिने), खण्डग्रास (केही भाग मात्रै छेकिने) र बलय (सूर्य केवल हातमा लगाउने बाला जस्तो मात्रै देखिनु) तीन प्रकारले लाग्ने गरेको पाइन्छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दूध र गोबर बेचेर मास ...

कैलाली । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजा ...

राष्ट्र पुरानो गौरव ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले आत्मीयता र राष्ट्रियता नै नेपालीका लागी ठूलो बल भएको बाताउनु भएको ...

राजा ज्ञानेन्द्र जुम ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह यतिबेला जुम्ला पुग्नुभएको छ । राजा शाह जुम्लाको चन्दना भैरवको दर्शन ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved